अपडेट : राजमोका शाही, काँग्रेसका शेरचन भन्दा १३११ मतको फराकिलो अन्तरले अगाडी !

किरण आचार्य, २०७६ मंसिर १५ । प्रदेशसभा सदस्यको पछिल्लो मत परिणाम अनुसार बामगठबन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिम बिक्रम शाहीको अग्रता कायमै छ । उनले नेपाली काँग्रेसका जीतबहादुर शेरचनलाई १३११ फराकिलो मतान्तरले पछी पारेका छन् ।

अहिले सम्म ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका र तमानखोला गाउपालिका १२ मतदान केन्द्रको मतगणना सकिएको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार बाम गठबन्धन-६०६८ र कांग्रेस-४७५७ मत प्राप्त गरेका छन् ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १ सय ८४ रहेकोमा महिला मतदाता ११ हजार ९ सय २२ तथा पुरुष मतदाता ९ हजार ९ सय ७३ गरी जम्मा २१ हजार ८ सय ९५ मतदाता (६१ प्रतिशत)ले मतदान गरेका थिए । मतदानमा पुरुष भन्दा महिला मतदाता १ हजार ९ सय ४९ बढीले भाग लिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !