हराएकी महिला खोजी गरिदिन परिवारजनको आग्रह !

कोपीला कंडेल, बागलुङ २०७६ मंसिर १५ । काठेखोला गाउपालिका वाड नम्बर २ भीमापोखराबाट एक महिला ४ दिन देखी हराएकोले खोजी गरिदिन परिवारजनले आग्रह गरका छन् । भिमपोखरा मुल्ठाना निवासी अमृत पाध्याकी पत्नी ४८ बर्षिया नन्दकली पाध्या यहि मंसिर १२ गते देखी घर बाटनै हराएकी हुन् ।

आफ्नै निवासबाट कसैलाई केही नभनी अचानक बेपत्ता भएको र खोजी गर्दा पनि कहिकतै नभेटिएकोले खोजी कार्यमा सहयाोग गर्न उनका भाई भुमिराज सुबेदीले आग्रह गरेका छन् । उनलाई भेटेमा नजिकैको प्रहरी चौकी अर्थात उहांका पति छोरा र बुहारीको मोबाईल नम्वर क्रमश.९८०५२१५२९४, ९८४५२६१६९१ र ९८४७६३७६९२मा सम्पर्क वा खवर गरिदिनुहुन परिवारजनले आग्रह गरेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !