बागलुङ-२ को ताजा परिणाम :पांच मतदान केन्द्रको मतगणना सम्पन्न, शाही १ सय ५४ मतले अगाडी !

किरण आचार्य, २०७६ मंसिर १५ । प्रदेशसभा सदस्यको मतगणना जारी छ । अहिले सम्म ढोरपाटन नगरपालिका १ बुर्तिवाङ, निसीखोला गाउपालिका १ देविस्थान र तमानखोला गाउपालिका १ बाँेगादोभान, ढोरपाटन नगरपालिका २ मतदान केन्द्रहरुको मतगणना सम्पन्न भएको छ ।

ढोरपाटन १ र निसीखोला १ को मतणनाको परिणाम अनुसार नेपाली काँग्रेसका उमेदवार जीत शेरचनले बामगठबन्धनका उमेदवार खिमबिक्रम शाहीलाई ९ मतले पछी परेका तमानखोला १ को मतगणनाको परिणाम मुताबिक शाही १ सय ५४ मतले अगाडी रहेका छन ।

पछिल्लो परिणाम अनुसार बामगठबन्धन २१९७, कांग्रेस २०४३, समाजवादी पार्टी ११७, स्वतन्त्र –क्लिप ४४, स्वतन्त्र ब्लब ९, राप्रपा संयुक्त १० घर ५ प्राप्त गरेका छन् ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १ सय ८४ रहेकोमा महिला मतदाता ११ हजार ९ सय २२ तथा पुरुष मतदाता ९ हजार ९ सय ७३ गरी जम्मा २१ हजार ८ सय ९५ मतदाता (६१ प्रतिशत)ले मतदान गरेका थिए । मतदानमा पुरुष भन्दा महिला मतदाता १ हजार ९ सय ४९ बढीले भाग लिएका थिए । पुरुषहरु रोजगारीको लागी बाहिरी मुलुकमा गएका कारण मतदानमा महिला सहभागिता बढी हुन गएको विश्वास गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !