सृजनशील नारी समाजव्दारा अधिवक्ता शर्मा र स्वास्थ्यकर्मी चालिसे सम्मानित !

कोपीला कंडेल, बागलुङ २०७६ मंसिसर १४ । सिर्जनशील नारी समाजको आठौं अधिबेशन तथा साधारण सभा सम्मान एक समारोहका बिच सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै समाजका संस्थापक संरक्षक काजि रोशनले २०५८ सालमो घर भित्र सीमित भएका महिलालाई एकिकृत गरेर सृजनात्मक कार्यको शुरुआत गरेको बताए । कार्यक्रममा सृजनसिल नारी समाजले समाजमा फरक तथा सृजनशील काम गर्ने दुईजना महिलालाई सम्मान समेत गरेको थियो । सम्मानित हुनेहरुमा अधिवक्ता एबं महिला अधिकारकर्मी ममता देबी शर्मा र गल्कोट नगरपालिकाका स्वास्थ्यकर्मी मञ्जु शर्मा चालिसे रहेका छन् ।

शर्मा र चालिसे दुबैलाई प्रमुख अतिथि काजी रोशनले सम्मान पत्र सहित खादा र अबिर लगाएर सम्मानित गरेका थिए ।

सो अवसरमा सम्मानित ब्यक्तित्व ममता शर्मा र मन्जु शर्मा चालिसेले सस्थाको कार्यको उच्च प्रशंसा गर्दै संस्थाप्रति आभार प्रकट गरेका थिए । साथै मुक्तिनाथ बेद बिद्याश्रम कुडुले फेदीका प्रधानाध्यापक शान्ति ज्ञवाली, संस्थाका पुर्व अध्यक्ष कल्पना श्रेष्ठ मनकामना श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सभाले मनकामना श्रेष्ठको अध्यक्षतमा आगामी कार्यकालको लागि नयां कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष सम्झना श्रेष्ठ, सचीव शान्ति ज्ञवाली, कोषाध्यक्ष इन्दु वझा रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा रञ्जु पन्त केसी, कुमारी श्रेष्ठ, रोशनी शाक्य, सीता हमाल र रञ्जना नेपाली रहेका छन ।

कार्यक्रम समाजका अध्यक्ष रञ्जाना नेपालीको अध्यक्षता, पुर्व अध्यक्ष बिष्णुदेवी राजभण्डारीको स्वागत र सचीव सम्झना श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !