लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान : लैङ्गिक हिंसाका घटनामा बढी मात्रामा महिला पीडित:नगरप्रमुख शर्मा

लक्ष्मण बिसि,फलेवास २०७६ मंसिर १४ । “समानताको पुस्तास् बलात्कार विरुद्ध एक्यवद्धता “ भन्ने मुल नारासंगै पर्वतको फलेवास नगरपालिकामा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरिएको छ ।

हिंसा विरुद्धको एक्यवद्धतामा हस्ताक्षर, सेतो रिवन वितरण, रेडियोबाट सन्देशमुल सूचना प्रसारण नहरका वार्ड तथा समुदायमा पुगेर हिंसा विरुद्ध अन्तरक्रिया लगाएतका कार्यक्रम संचालन गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बिष्णु चापागाईंको भनाई छ ।

लैङ्गिक हिंसाका घटनामा बढी मात्रामा महिला पीडित हुने गरेको बताउदै नगरमा महिला सशक्तीकरणका कार्यक्रमहरु संचालन गरिने उन ।

“म हिंसा गर्दिन हिंसा सहन्न, हिंसा भए,गरेको देखेमा प्रतिकार गर्दछु“, भन्ने वाक्यांशमा प्रतिबद्धता जाहेर गर्दै नगर प्रमुख पदमपाणि शार्माले हस्ताक्षर गरेका छन् ।

कुनै पनि हिंसा गर्नु अपराध भएको बताउदै शारीरिक, मानसिक तथा भावनात्मक रुपमा हुने हिंसा बिरुद्ध नगरपालिकाले बिशेष चेतनामूलक कार्यक्रम संचालन गर्ने नगरप्रमुख शर्माले बताए ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद श्रेष्ठ, नगरका योजना व्यवस्थापक देविप्रसाद तिमिल्सिना वार्ड अध्यक्षहरु लगाएत नगरका सबै कार्यालयका कर्मचारीहरुले पनि उक्त प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

“म हिंसा गर्दिन हिंसा सहन्न, हिंसा भए,गरेको देखेमा प्रतिकार गर्दछु“, भन्ने वाक्यांश लेखिएको व्यानर नगरपालिकाको कार्यालय परिसरमा राखिएको हुँदा
लैङिक हिंसा विरुद्धको १६ दिने अभियानमा नगरपालिका जाने सबैले उक्त प्रतिबद्धतामा हस्ताक्षर गर्न सकिने बताइएको छ ।

लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान (मंसिर ९ देखि २५ सम्म)नोभेम्बर २५ विश्व महिला हिंसा अन्त्य दिवसको दिनबाट सुरु भै डिसेम्बर १० मानव अधिकार दिवसको दिनमा समाप्त हुने गर्दछ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !