दमौलीका विभिन्न विद्यालयका शिक्षकहरुलाई चार दिवसीय प्रशिक्षण सम्पन्न !

दमौली, २०७६ मंसीर १३ । समाजमा रहेका नागरिकहरुमा मानविय मुल्यहरुको विकास गराउने उद्देयले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनमा शिक्षकहरुका लािग माइन्डफुलनेस र मेडिटेसन विषयक प्रशिक्षण कार्यक्रम भानु न.पा.वडा न. १ मा रहेका सत्यवती आधारभूत विद्यालय,भन्सार इन्टरनेशनल बोडिङ्ग स्कूल र बन्दिपुर गाउँ पालिककामा रहेको पवित्र मा.वि.मा छुट्टा छुटै मंसिर १० गते देखि १३ गते सम्म सम्पन्न भयो ।

मानव मनमा चल्ने विचारको प्रभाव,स्वास्थ मन र शरीर,सतकर्महरुको पुँजी,सात्विक आहार,योग, समयको व्यवस्थापन,सकारात्मक जीवनशैली आदि विषहरुमा प्रशिक्षण क्लास दिुदै प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले हामीमा भएको समय,संकल्पको शक्तिलाई व्यवस्थापन गर्न सकेमा मानव जीवन सफल हने र त्यसको लागि हामीमा भएको अर्थाह शक्ति लाई सकारात्मक बाटो तिर लैजानको लागि ध्यान आध्यातिमक चिन्तनलाई दैनिक जीवनमा अपनाउनु पर्ने बताए ।

साथै ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र डुम्रे की संचालिका ब्रह्माकुमारी संगीताले पनि आफनो मन्तव्य व्यक्त गरेकी थिईन ।

प्रशिक्षणको अनुभव व्यक्त गर्दै सुनिता पाण्डे, राजीव राउत, रामसिंह नेपाली लगाएतका शिक्षकहरुले हामीलाई सशक्त र सकारात्मक बाटो र सतकर्म गर्न अभिप्रेरित गरेको बताए । प्रशिक्षमा विभिन्न विद्यालयका करीब ८५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !