जापानमा आफ्नो वडाका युवाको एकता देखेर गल्कोट – ४ का वडाध्यक्ष खत्री प्रेरित !

चन्द्रमणी न्योपाने, जापान २०७६ मंसिर १३ । गल्कोट नगरपालिका वडा नम्बर ४ का जापान निवासी प्रवासी युवाहरुको संस्था निलुवा समाज जापानको आयोजनामा जापानमा अतिथि सम्मान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

सम्मान कार्यक्रममा बोल्दै जापान भ्रमणमा रहेका गल्कोट नगरपालिका ४ का वडाध्यक्ष बलबहादुर खत्रीले प्रवासमा आफ्नो वडाका युवाको एकता देख्दा वडाको बिकासमा एकवद्ध भएर लाग्न प्रेरित गरेको बताए । खत्रीले भ्रमणका क्रममा देखेका धेरै कुरा आफ्नो वडामा लागु गर्न सकिने पनि बताए ।

सो अबसरमा खत्रीलाई समाजमा आबद्ध युवाहरुले भेटघाट तथा सम्मान गरेका हुन । साथै वडाका नुवाकोट समाज, खरुवा समाज र चमुवा समाजको तर्फबाट कार्यालय प्रयोजनको लागि मायाँको चिनोस्वरुप खत्रीलाई १ थान ल्यापटप प्रदान गरिएको थिए ।

कार्यक्रममा नुवाकोट समाज जापानकाका अध्यक्ष जीवन गैरे खरूवा समाज जापानका अध्यक्ष भिम बहादुर क्षेत्री र निलुवा समाज चमुवा जापानका अध्यक्ष भोजेन्द्र सुबेदी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम जेष्ठ सदस्य गंगा बहादुर क्षेत्रीको अध्यक्षता, गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीको विशेष आतिथ्यता, सदस्य भुमिराज सुबेदीको स्वागत र पोष्टराज गैरेको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !