Sorry, that menu does not exist.
 

सुआहाराद्धारा बाटाकाचौर साग्दीका गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण !

केशबराज क्षेत्री, बरेङ २०७६ मंसिर १३ । सुनौला हजार दिनभित्रका गर्भवती महिला, स्तनपान गराइरहेकी आमा र बच्चाहरुको पोषणको अवस्थामा सुधार गर्ने उद्देश्यले सुहाआराले गाउँघरका महिलाहरुलाई सहारा शिक्षा सँगै पोषण सामाग्री वितरण गर्दै आइरहेको छ ।

घरायसी खाद्यान्न उत्पादन र उपभोगमा प्रवद्र्धन गर्नको लागि खाना प्रदर्शनी कार्यक्रम अन्र्तगत शुक्रबार बागलुङको बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौर साग्दी माझखर्क, चिप्लेटीमा सोही कार्यक्रम सम्पन्न भएको छ ।

अत्यधिक बजारबाट किनेर लिएको भन्दा गाउँघरमै आफ्नै करेसाबारीमा उत्पादन गरेर खानु तथा खुवाउनुपर्छ भन्ने उद्देश्यले गाउँघरका उत्पादन हुने, उपभोग कम मात्रामा गरिने खानाहरुको महत्व र आवश्यकता बारे कार्यक्रममा उपस्थित हुने महिलाहरुलाई जानकारी गराइने सुआहाराकी फिल्ड सुपरभाइजर हरिमाया थापाले बताईन् ।

महिलाहरुको जीवनमा गर्भवती, सुत्केरी र बच्चा जन्मेको ६ महिनाको अवस्था अति महत्वपूर्ण अवस्था मानिन्छ । त्यस्तो अवस्थाको बारेमा बताउँदै उपस्थित महिलाहरुको अवस्था अनुसार ९ आमाहरुलाई परामर्श गरी केही पोषण सामाग्री समेत वितरण गरिएको थापाले बताइन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !