सबैको मन एउटै हुदोरहेन्छ, बुझ्न जानिएन !

ढुक्क संग बस्ने पनि बास छैन सानू
उद्देश्यबिहीन जीवन खास छैन सानू !
यताउता हेर्छु कतै देख्दिन आफ्नो भन्ने
मलाई मेरै मायाको आभास छैन सानू !
*
दरमखोला सुकिराछ किन होला ?
भित्रभित्रै मन दुखिराछ किन होला ?
नत हास्न सक्छु नत हसाउनै सक्छु,
पीडा मनमै लुकिराछ किन होला ?
*
मठ मन्दिर गएर देवता पुज्न जानिएन
सबैको मन एउटै हुदोरहेन्छ बुझ्न जानिएन !
जिन्दगीमा हरेक समस्या आइपर्दा खेरी
यसको समाधान गर्दै यहाँ जुध्न जानिएन !

नवीन मगर
गल्कोट नगरपालिका -६ जंगरा

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !