गुल्मीको ठुलो लुम्पेकमा जीप दुर्घटना, १ महिलाको मृत्यु ५ जना गम्भीर घाईते !

रामकृष्ण कंडेल, गुल्मी २०७६ मंसिर ११ । गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत ठुलो लुम्पेकमा जीप दुर्घटना भएको छ। दुर्घटनामा ६८ बर्षीय लल्तीदेवी सिंजालीको मृत्यु भएको छ भने ५ जना यात्रु गम्भीर घाईते भएका छन् ।

मंगलबार साँझ ५ बजेर ३० मिनेट जाँदा लु।१ ज। २७८४ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकबाट करिब ५०० मीटर तल खसेको छ। जीप दुर्घटनामा घाईते हुने हरूमा जिपका सहचालक ९साहु० साजन राहादी, यात्रुहरु अनिल विक, वीरेन्द्र सिंजाली, देवबहादुर विक रहेका छन् । घाईतेहरुको उपचारका लागि लुम्विनि मेडिकल कलेज प्रभास पाल्पामा पठाईएको ठुलो लुम्पेक बाट जितु त्रामु मगरले बताए । गाडी चालक फरार रहेको र दुर्घटनाको कारण अझै थाहा लाग्न सकेको छैन। गाडी क्षत बिक्षत अबस्थामा रहेको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !