शिव मा.वि. व्यासमा माइन्डफुलनेस र मेडिटेसन विषयक प्रशिक्षण

दमौली, २०७६ मंसिर १० । समाजमा रहेका नागरिकहरुमा मानविय मुल्यहरुको विकास गराउने उद्देयले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दमौली शाखाको आयोजनमा माइन्डफुलनेस र मेडिटेसन विषयक प्रशिक्षण क्लास न.पा. १० दमौलीमा सम्पन्न भएको छ ।

मानव मनमा चल्ने विचारको प्रभाव, स्वास्थ मन र शरीर,सतकर्महरुको पुँजी,सात्विक आहार,योग, समयको व्यवस्थापन,सकारात्मक जीवनशैली आदि विषहरुमा प्रशिक्षण क्लास दिदै प्रशिक्षक ब्रह्माकुमार राजु खड्काले हामी भएको समय, संकल्पको शक्तिलाई व्यवस्थापन गर्न सकेमा मानव जीवन सफल हने र त्यसको लागि हामीमा भएको अथाह शक्तिलाई सकारात्मक बाटो दिनको लागि ध्यान आध्यात्मिक चिन्तन गर्नु पर्ने बताए ।

प्रशिक्षणको अनुभव व्यक्त गुदै विष्णु देवी कंडेल यस प्रकारका प्रशिक्षणले हामीलाई सशक्त र सकारात्मक बाटो तिर सतकर्म गर्न अभिप्रेरित गर्नको लागि सहयोग भएको बताईन् ।

प्रशिक्षमा विद्यालयका प्रधानध्यापन तिर्थ परियार लागाएत शिक्षक शिक्र्षिकाहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !