साताको तस्वीर : सबका नजरमा ‘गल्कोट घुम्टे महोत्सव’ !

शव्द/चित्र : थम्मन थापा/मित्रलाल खरेल

गल्कोट २०७६ मंसिर १० । गल्कोट, बाईसी चौवीसी राज्यकालको एक राज्य हो । तत्कालीन अवस्था देखि नै गल्कोट हर दृष्टिकोणले महत्वपूर्ण रहेको छ । प्राकृतिक, धार्मिक, साँस्कृतिक सम्पदाहरुले भरिपूर्ण गल्कोट उपत्यका पछिल्लो समय आकर्षक गन्तव्यकोरुपमा विकसित भएको छ । यसरी यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनमा यहाँ आयोजना गरिने महोत्सवहरुको उल्लेख्य योगदानलाई नकार्न सकिन्न ।
यो लिंकपनि पढौँ
दोश्रो गल्कोट घुम्टे महोत्सवको पूृर्व उपप्रधानमन्त्री केसीव्दारा उद्घाटन ! (भिडियो)

आज भन्दा १३ वर्ष पहिले गल्कोटलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित गल्कोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा पहिलो गल्कोट घुम्टे महोत्सव आयोजना गरिएको थियो भने अहिले दोश्रो गल्कोट घुम्टे महोत्सव २०७६ जारी रहेको अवस्था छ र यो महोत्सव भोलि मंसिर ११ गते सम्म सन्चालन हुनेछ ।
गल्कोट भन्दा साथ घुम्टे र घुम्टे भन्दा साथ गल्कोट भन्ने चिनिने हुनाले गल्कोट र घुम्टे एकार्काका पर्यावाची भएकाले महोत्सवको नाम गल्कोट घुम्टे राखिएको सहजै अनुमान गर्न सकिन्छ ।
यो लिंकपनि पढौँ
गल्कोटमा साँस्कृतिक महोत्सव हुने, घुम्टे महोत्सवको आयव्यय सार्वजनिक गर्न जन दबाव !

त्यसो त, गल्कोटमा विभिन्न महोत्सवहरु नभएका भने होईनन् । गत वर्ष कात्तिक महिनाको ९ गते देखी ऐ १८ गते सम्म गल्कोट उद्योग वाणिज्य संघको आयोजनामा पहिलो गल्कोट महोत्सव २०७५ सम्पन्न भएको थियो भने त्यस्को अघिल्लो वर्ष २०७४ सालमा हिमालयन म्युजिक ईभेन्ट म्यानेजमेन्ट पोखराको आयोजना समग्र विकासको लागि नयाँ परिकल्पना भन्ने मुल नाराका साथ गल्कोटको मजुवा फाँटमा असोज १८ गतेदेखि ऐ २८ सम्म प्रथम गल्कोट सांस्कृतिक महोत्सव सम्पन्न भएको थियो । गल्कोटमा दशैँ महोत्सव एवं घुम्टे महोत्सवका श्रृंखलाहरु पनि सन्चालन हुँदै आएका छन् ।

यो लिंकपनि पढौँ
प्रथम गल्कोट महोत्सव – २०७५ सम्पन्न !

अहिले, अब एक दिन पछी मंसिर ११ गते समापन हुने गल्कोट घुम्टे महोत्सव २०७६ सबैका नजरमा छ । साताको तस्वीर शीर्षकमा महोत्सवमा समेटिएका कार्यक्रमहरुलाई तस्वीर मार्फत पाठकहरु समक्ष प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !