के हो त लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान ?

कोपीला कंडेल

मैले हिसां पुरुष महिला दुबै माथि गर्ने छैन । हिसां सहने छैैन हिसां बिरुद्ध निशुल्क पैरवी गर्ने छु र हिसां पीडितलाई सहयोग गर्ने छुु यिनै प्रतिबद्धता जाहेर गर्दै बागलुङ नगरपालिका अन्तर्गत न्यायिक समितिले आयोजना गरेको लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियानका सन्दर्भमा अधिवक्ता एबं महिला अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले सेतो रिबन लगाईन्् । जहां बिभेद हुन्छ त्यहां हिंसा हुन्छ उनले भनिन् लैङ्गिक हिंसाले महिला पुुरुष दुबैलाई जनाउने भएपनि नेपालका सन्दर्भमा बिशेष गरी महिला र बालबालिका माथि बिशेष हिंसा हुने गरेको दाबी गरिन् ।

सोही कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर तथा नगरपालिका अन्तर्गत न्यायिक समितिका संयोजक सुरेन्द्र खड्काले पनि आफुले महिला माथि कुनै पनि हिंसा नगर्ने बताए । महिला हिंसा समाजको कलंक हो उनले भने,महिला माथि हुने बिभिन्न खाले हिंसाको अन्त्यका लागि बागलुङ नगरपालिकाले लगानी गर्न तयार छ । धेरै हिसां महिला तथा बालबालिका माथि भएपनि बैदेशिक रोजगार तथा अन्य गाउं छोडी सहर झर्ने केही महिलाका कारण कतिपय पुरुष समेत बर्बाद हुने गरेको उपमेयर खड्काको भनाई छ ।

त्यस्तै सोही कार्यक्रममा बागलुङ नगरपालिका अन्र्तगत वडा अध्यक्ष जीवन शर्माले हिसां अन्त्यको सुरुआत घर परिवार देखीनै गर्नुपर्ने बताए । समानता सहभागिता र न्यायको लागि महिला पुरुष दुबैको उक्तिकै भुमिका रहने उन्को बुझाई छ । राज्य व्यवस्थीत बन्न सके लैङ्गिक हिसां स्वतं अन्त्य भएर जान्छ, वडा अध्यक्ष शर्माले भने । लैङ्गिक हिसां बिरुद्धको अभियान लाई बागलुङ जिल्लाका सरोकारवालाले बिभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरेका छन् । जिल्लाका ४ नगरपालिका र ६ गांउ पालिका गरी १० वटै स्थानिय तहमा अभियान शुरु गरेको सम्बन्धीत पालिकाले बताएका छन् । यस वर्षको अभियानको नारा समानताको पुस्ता, बलत्कार बिरुद्धको एक्यबद्धता रहेकोे छ । अभियानको पहिलो दिन सोमबार कार्यक्रममा सहभागि महिलाहरुले महिला बिरुद्ध हुने सबै प्रकारका हिसा अन्त्यका लागि बिभिन्न राष्ट्रिय र अन्र्तराष्ट्रिय कानुन निर्माण भएपनि महिला माथि हुने हिसां भने यथावत रहेको बताए । अन्र्तपार्टी महिला समितिकी सदस्य मञ्जु क्षेत्रीले घरायसी झैझगडा कुटपिट यौन हिसां बलत्कार लगायतका घटनाले समाजनै कुरुप बनाउने बताईन् । महिलाको पक्षमा बनेका सबै खाले कानुनको ब्यव्हारका कार्यान्वयन हुन सके मात्र हिसांको अन्त्य हुने उनको भनाई छ । बागलुङ्ग नगरपालिका अन्र्तगत महिला बिकास शाखामा कार्यरत सरस्वती देबी रेग्मीले यसवर्ष अल्पकालिन सेवा केन्द्र्रमा हिसां बिरुद्धका मुद्धा कम आएको बताईन् । गत वर्ष सो सेवा केन्द्रमा ३४ वटा केस दर्ता भएपनि यस वर्र्ष भने १० वटा मात्र दर्ता भएका छन् । सेवा केन्द्रमा गत वर्ष राज्य बाट केही रकम आउने हुदा हिसां पिडित लाई सहयोगका लागि सहज हुने गर्दथ्यो तर यस वर्ष भने कुनै पनि सहयोग आएको छेन, उनले दुखेसो पोखिन । यो बर्ष नगरपालिकाले ३ लाख सहयोग गर्ने र सोही अनुसारको सेवा प्रदान गर्ने रेग्मीको भनाई छ ।

सन १९ सय ६० मा डोमिनिकल गणतन्त्रको तत्कालिन त्रुजिलो तानासाही सरकारले मिरावेल परिवारका तिन दिदी बहिनी पेटिया मिनर्भा र मारियाको निर्मम तरिकाले हत्या गर्यो । ति तिनै दिदीबहिनी राजनितिक कार्यकर्ता थिए । तिनै दिदिबहिनी मारिएको सम्झनामा अंग्रेजी वर्ष नोभेम्भर २५ देखी डिसेम्वर १० सम्म लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियान मनाउन शुरु गरिएको हो । बागलुङ्ग लगायत मुलुकभर हिसां बिरुद्धको दिवस मनाईन्छ । हिसांको रुप समाजमा फरक फरक छ । महिला माथि हुने गरेका सबैखाले हिसांहरु अझै बाहिर आउन सकेका छैनन् । महिला माथिका हिसा काुननी दायरा सम्म आएपनि सोर्सफोर्स भनसुन पहुच र आर्थिक हैसियत नभएकाको लागि अझै न्याय प्रणालि महंगो छ । नेपालको राजनिति फेरियो व्यवस्था फेरियो तर मनस्थिती फेरिन नसकेकाले महिला तथा बालबालिका माथि हुने हिसां जहांको तही जस्ताको तस्तै छन् । सबै भन्दा बढि हिसां समाजमा दलित माथि हुने गरेको बताउछिन बागलुङ्ग नगरकार्यपालिका सदस्य लक्ष्मी बोहोरा । उनका अनुसार लैङ्गिक हिसांको चपेटामा बिसेष गरी दलित र दलित महिला झन बढि पर्ने गरेका छन् ।

हुनत यो देशमा महिलानै राष्ट्रपति छन् । प्रधान न्यायाधीश र सभामुख पनि महिला भएकै हुन् अझै के चाहियो भनेर केही व्यक्तित्वबाट प्रश्न उठ्ने गर्दछ । तर जव समग्र महिलाको जीवनस्तरमा सुधार आउदैन तव उच्च पदमा पुगेका केही महिलालाई उदाहरणको लागि देखाएर केही सुधार हुने देखिदैन । अर्को दुखद पक्ष त महिलाका मुद्दा लिएर संबिधान सभामा पुगेका महिलाको समेत चित्त बुझ्दो व्यवहार छैन । आफुलाई केन्द्रमा राखेर गरिने गतिविधीले महिला आन्दोलनले सार्थकता नपाएको सहज अनुमान गर्न सकिन्छ । अत महिला माथि अनेक तरिकाका शोेषण दमन अन्त्यका लागि बनेका कानुनको सहज कार्यान्वयन हुन आवश्यक छ । महिला माथि केवल पुरुषको कारणले मात्र हिसां भएको छैन । महिलाले महिला माथि गरेका हिसांको स्वरुप पनि व्यक्त गरिनसक्नु छन् । जति पुरुषले हिसां गरे भनेर आउने मुद्दाको चर्चा हुन्छ तर महिलाले महिला माथि गरेका हिसांलाई राज्य वा परिवारले सहज रुपमा लिने गर्दछ । पृत्तिसत्तात्मक चिन्तन केवल पुरुषमा मात्र हुदैन यो महिलामा पनि उत्तिकै हुन्छ । अतं समान धारणा र बुझाईले मात्र महिला माथि हुने हिसां न्युनिकरण हुनेछ । अतं महिला मुद्धा सबैको साझा बन्न सकोस भन्दै लैङ्गिक हिसां बिरुद्धको १६ दिने अभियानको शुभकामना व्यक्त गर्न चाहन्छु ।
लेखिका ईबागलुङकी संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !