जनताको अधिकार संरक्षणको जिम्मेवारी लिन आफु तयार – शाही !
स्वर्गीय टेकबहादुर घर्तीको रगतमाथि भोट माग्ने अधिकार अरुलाई नभएको सांसद पौडेलको दाबी !

बुर्तिवाङ २०७६ मंसिर ९ । संयुक्त बाम गठबन्धन सझा उमेदवार खीमबिक्रम शाहीले आज ढोरपाटन नगरपालिकाको वडा नं. १ अर्नाकोट र वडा नं. ८ को बोबाङमा आयोजना गरिएका छुट्टाछुट्टै दुर्ई सभालाई सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा उनले जनताको अधिकार संरक्षणको जिम्मेवारी बहन गर्न आफू तयार रहेको बताउँदै आगामी मंसिर १४ गते हुने निर्वाचनमा निर्वाचन चिन्ह गिलासमा मतदान गर्न जनतालाई आग्रह गरे ।

कम्युनिष्ट पार्टीहरु इमान्दार हुन्छन्, देश, जनता र जनताका आवश्यकता परिपुर्ति गर्ने जिम्मेवारी पनि लिन तयार हुन्छन भन्दै शाहीले, जनमतको कदर गर्दै, आर्थिक समृद्धि र राजनैतिक स्थायित्वका लागि दुई बाम पार्टीका तर्फबाट आफ्नो साझा उमेदवारी रहेको बताए ।

बोबाङको शेरावाङमा आयोजना गरिएको सभाका प्रमुख अतिथि, नेकपाका स्थायी समिति सदस्य तथा साँसद देबेन्द्र पौडेलले, यो क्षेत्र गठबन्धनले जिति सकेको क्षेत्र र स्वर्गिय साँसद टेकबहादुर घर्तिको जीवनसँग जोडिएको निर्वाचन समेत भएको भन्दै टेकबहादुर घर्तीको रगतमाथि भोट माग्ने अधिकार अरुलाई नभएको बताए । गठबन्धनले हिजो जसरी जित्यो अव पति त्यसरी नै जित्ने दावी गर्दै पौडेलले, अघिल्ले निर्वाचनमा हारेकाहरु अवपनि जित्छुकि भन्ने सपना नदेख्न सुझाए ।

सो कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले बाम गठबन्धनसंग केन्द, प्रदेश र स्थानीय सरकार सबै रहेको बताउँदै, जनताको काम गर्न सरकारनै चाहिने बताए । जस्को सरकार छ यस्ले जित्ने गरि संयुक्त गठबन्धनबाट साझा उमेदवारका रुपमा शाहीलाइ लिएर आएको हुँदा प्रतिपक्षी वा हार्ने उमेदवारलाई भोट हालेर आफ्नो मत खेर नफाल्न जनतालाई आग्रह गरे ।

कार्यक्रममा स्वर्गिय साँसद टेक बहादुर घर्तीकी धर्मपत्नी सुनमाया घर्तीले, स्वर्गिय साँसद घर्तीका सपना पुरा गर्न पनि उहाँसँगै हिडेको, निष्ठाको राजनीतिमा लामो समय विताएको र जनताको आसा भरोसाका केन्द्र शाहीलाई सबै जनताले मतदान गरि पठाउन अपिल गरिन् । राजनीतिका संघर्षरत दिनहरुमा स्वर्गिय घर्तिसँगै एउटै थालमा खाएको, एउटै दुखसुखमा जनताका घरदैलोमा परिचित हुनुभएका शाहीलाई उमेदवार बनाउँदै, गिलास चिन्हमा मतदान गर्न आफुले समेत सबैलाई आग्रह गरिरहेको बताउँदै सुनमायाँले, यो क्षेत्रको भलो चाहने, जनताको सेवामा समर्पित स्वर्गिय साँसद घर्तीले प्रदेश संसदमा पु¥याउनुभएका अधुरा योजनाहरुको पुरा रुप दिनका लागि पाि शाहीलाई मतदान गर्नुपर्ने बताईन ।

ने क पा नेता सेरमान घर्तीले, अरुको अस्तित्व स्विकार्न नचाहने र आफु बाहेक अरु अरु छैन भन्ने कतिपय अवशरवादीहरुले आफ्नो नामबाट गलत रबैया देखाएर निर्लज्ज काममा अनुहार देखाउँदै हिडेको प्रति दुख व्यक्त गर्दै, गलत भ्रम प्रति सचेत रहन जनतालाई आग्रह गरे । आफ्नो तर्फबाट उमेदवारी त्याग गरिसकेको जनतासामु बताउँदै आउँदा पनि, केही मान्छेहरु बाँदरहरुको जस्तो प्रवृत्ति देखाउँदै हिडेका छन् । उनीहरु आफ्नो अस्तित्व खतम पारेर, आफ्नो समेत चरित्रमा दाग लगाउने कुचेष्टा गरेको बताउँदै घर्तिले, कुनैपनि भ्रममा नपर्न जनतालाई आग्रह गरे ।

सभामा ने क पा प्रदेश सचिब गोबिन्द नेपाली , गण्डकी प्रदेश मामिला समिती सभापति कृष्ण थापा,नेपाल कम्युनिष्ट पार्टी ने क पा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा स्थानीय प्रतिनिधि भद्रमणी सुनार, वडा नं ८ का अध्यक्ष नन्दे सुनार नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य विर बहादुर विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा बामपन्थी नेताहरुको आतिथ्यता रहेको थियो ।

निर्वाचन परिचालन समितिका संयोजक चुना बहादुर घर्तीको अध्यक्षता वडा नं ९ का अध्यक्ष हरिबहादुर घर्तीको स्वागत र वडा नं ७ का अध्यक्ष दीपक थापाको सन्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !