आजको तस्वीर : पेन्सन बुझ्न यस्तो सास्ती !

शव्द/चित्र : कुसुम थिङ

बागलुङ २०७६ मंसिर ८ । बागलुङ बजार स्थित भारतीय पेन्सन क्याम्पमा यहि मंसिर ५ गते देखी भारतीय सेनाबाट पेन्सन (निबृत्तिभरण)मा निस्केका पूर्व नेपाली सैनिकहरुलाई पेन्सन वितरण कार्य जारी रहेको छ । एक वर्षमा बैशाख र मंसिर महिना गरी दुई पटक पेन्सन वितरण गरिन्छ ।

केहि वर्ष पहिले सम्म भारतीय पेन्सन क्याम्पबाटै पेन्सन वितरण गरिने गरिन्थ्यो भने पछिल्लो समय एसबीआई बैँक र एभरेष्ट बैँकबाट पेन्सनको रकम भुक्तानी दिने व्यवस्था मिलाईएको छ । भारतीय पेन्सन क्याम्पमा पेन्सन पट्टा बुझाएर त्यहाँबाट प्राप्त पत्र लिएर पेन्सनरहरुले रकम भुक्तानी लिन बैँकहरुमा जानु पर्छ ।

आज विहान एभरेष्ट बैँकको कार्यालयमा पेन्सन रकम भुक्तानी लिन पुगेका भारतीय सेनाका पूर्व नेपाली सैनिकहरुको लुङ निकै लामो थियो । बयोबृद्ध पेन्सनर र उनका परिवारहरु एक विहानै चीसोमा काँप्दै लाममा उभिएको देख्दा “ती बृद्ध पेन्सनरहरुलाई कति सास्ती भएको होला ?” बटुवाहरुको मन कटक्क नखानेत कुरै भएन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !