बिहुँमा प्राथमिक तहमा अध्ययनरत बाल बालिकाको लागी मन्टेश्वरी तालीम सम्पन्न !

दामोदर पौडेल, बिहुँ बागलुङ २०७६ मंसिर ८ । काठेखोला गाउँपालिका ५ नं वडा कार्यालयद्वारा ३ दिने मन्टेश्वरी तालिम सम्पन्न गरिएको छ । प्राथमिक तहमा अध्ययनरत ससाना बाल वालिकाहरूको सिकाईस्तर घट्दो क्रममा गइरहेको अवस्थामा यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।

वडा भित्र रहेका ८ वटा विद्यालयका प्राथमिक तहमा अध्यापनरत करिब ५० जना शिक्षक शिक्षिकाहरूलाइ मन्टेश्वरी ट्रेनर त्रिजा लिम्वुद्वारा तालिम दिईएको थियो ।

तालीमको समापन समारोहमा अध्यक्ष शिव प्रसाद कँडेल , मन्टेश्वरी तालिम प्रशिक्षक त्रिजा लिम्बू , अमर माध्यमिक विद्यालयका सह प्रधानाध्यापक रघुपति शर्मा, बाल विकास प्राथमिक विद्यालयका प्रधानाध्यापक भगवती शर्मा, करलिम आधारभूत विद्यालयका सह प्रधानाध्यापक लिलाधर कँडेल, शिक्षक ठाकुर प्रसाद कँडेलले मन्तव्य व्यक्त गरेका थिए ।

अमर माध्यमिक विद्यालयमा सञ्चालन गरिएको ३ दिने समापन कार्यक्रमको अध्यक्षता ५ नं वडा अध्यक्ष शिव प्रसाद कँडेल र सञ्चालन अमर माध्यमिक विद्यालयका शिक्षक अग्निराज जोशीले गरेका थिए । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !