आज अध्यक्ष प्रचण्ड र केसीले बामगठबन्धनको सभालाई संवोधन गर्दै !
काँग्रेसका चारमुर्ति भोलि बुर्तिवाङ आउदै : निसीखोलामा आयोजना गरिने चुनावी सभालाई सम्वोधन गर्ने !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर ७ । सात दिन पछी हुने बागलुङ जिल्लाको क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको प्रचार प्रसार अभियानले ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउपालिकाका वडाहरुका साथै कुनाकन्दराहरु तातेका छन् । एक पछी अर्को उमेदवार आफ्ना समर्थकहरुका साथ निर्वाचन चिन्ह बोकेर मतदाता समक्ष पुगिरहेका छन । मतदाताहरुलाई उनिहरुको कुरा सुन्न भ्याई नभ्याई छ । सत्तारुढ एवं प्रतिपक्ष दलहरुका शीर्ष नेताहरुको ध्यान निसीभूजी क्षेत्रमा केन्द्रित भएको छ ।

बाम गठवन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाहीलाई जिताउन नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ र राजमोका अध्यक्ष चित्रबहादुर केसी आज बुर्तिवाङ बजारमा आयोजना गरिने बामगठवन्धनको बृहत आमसभालाई सम्वोधन गर्न बुर्तिवाङ आउने कार्यक्रम छ भने भोलि आईतबार निसीखोला गाउँपालिकाको झिवाखोलामा नेपाली काँग्रेसका बृहत चुनावी सभालाई सम्वोधन गर्न नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका प्रभावशाली नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोईराला तथा युवा नेता गगन थापा बुर्तिवाङ आउने कार्यक्रम रहेको निर्वाचन प्रचार प्रसार समितिले जानकारी दिएको छ ।

नेकपा, नेपाली काँग्रेस तथा राष्ट्रिय जनमोर्चाको शीर्ष नेतृत्व बुर्तिवाङ आउने कार्यक्रम सार्वजनिक भएपछी बुर्तिवाङ क्षेत्रमा चहल पहल बढेको छ । तीन पार्टीका कार्यकर्ताहरुमा सलबलाहट बढेको छ ।

उता चुनवी मैदानमा उत्रिएका अन्य दल र स्वतन्त्र उमेदवारहरुले आआफ्नो चुनावी प्रचार अभियानलाई तिव्रता दिएका छ्न्, उमेदवारहरु आफ्ना समर्थकहरु सहित वडावडामा पुगेर आफुलाई मतदान गर्न अपील गरिरहेको अवस्था छ । उमेदवारहरु र स्थानीय मतदाताहरुबीच बढ्दो सम्पर्कले क्षेत्रकै बातावरण चुनावमय बनेको छ । यस चुनावी अभियानमा समाजवादी पार्टी, राप्रपा, राप्रपा संयुक्त लगायत अन्य दलका र स्वतन्त्र उमेदवार पनि चुनावी दौडमा छन् ।

नेकपाबाट बागीको रुपमा मनोनयन दर्ता गराएका एक स्वतन्त्र उमेदवारले बामगठबन्धनका उमेदवारको समर्थनमा चुनावी मैदानबाट बाहिरिएको घोषणा गरेपनि उनका समर्थकहरुको टोली उनको चुनाव चिन्ह लिएर वडावडा पुगेर मतदाताहरु संग मत मागी रहेको दृश्य पनि अरुहरुको भन्दा कम देखिन्न ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !