उपनिर्वाचनको अनुगमनका लागी प्रजिअ क्षेत्रीको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोली बुर्तिवाङमा

बुर्तिवाङ २०७६ मंसिर ६ । आगामी मंसिर १४ गते बागलुङ जिल्ला २ नं क्षेत्र (ख) प्रदेश सभा सदस्य पदको उपनिर्वाचनको लागी मतदान केन्द्र, शान्तिसुरक्षा लगायतको अनुगमनका लागी प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोली त्यस क्षेत्रको बुर्तिवाङ पुगेको छ । नेपाली सेना, जिल्ला प्रहरी सशस्त्र प्रहरी बलका प्रमुखहरु समेत रहेका छन् ।

टोलीले ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउपालिकाका मतदान केन्द्रहरु अनुगमन अवलोकन गर्नूका साथै त्यहाँको शान्ति सुरक्षा, सुरक्षागस्ती, उमेदवारहरुको सुरक्षा, चुनाव प्रचार प्रसारमा सुरक्षा पेट्रोलिङ लगायतका बारेमा अध्ययन अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले जानकारी दिए ।
टोलीले रुकुम पूर्व, म्याग्दी, प्यूठान जिल्लाहरुका सीमा क्षेत्रहरुमा कुनै असामाजिक गतिविधी हुन नदिन सुरक्षा गस्ती बढाउने, शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउन आवश्यक कदम उठाउने आदि विषयमा निर्देशन समेत दिएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !