मुक्तक : म रुदा यहाँ धेरै मान्छे हाँस्ने भेटाए

म रुदा यहाँ धेरै मान्छे हाँस्ने भेटाए
मनमुटुमा कतै कतै माया साच्ने भेटाए।।
स्वार्थी यो दुनियाँमा सबैलाई बिश्वास गरेर
गल्ती भो भन्दै पछुतो मान्दै बाच्ने भेटाए ।
*
पहेलो हुदैमा सबै कुरा सुन हुदैन बुझ्नु
झिमझिम बल्यो भन्दैमा जुन हुदैन बुझ्नु ।
मुखले ठिक पारेर व्यबहार अर्कै हुन सक्छ
सबै मान्छेको मनमा एउटै गुन हुदैन बुझ्नु ।
*
मेरो माया तिम्रो निम्ति बिक्छ भने लगाउ
दुइदिन होइन जिबनभर टिक्छ भने लगाउ।
सक्छौ उदाहरण देखाइदेउ सबैलाई मायाको
मायाको पाठ तिमी बाटै सिक्छ भने लगाउ।

सबिता खत्री जिज्ञासु
ताराखोला गाउपालिका -३ हिल

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !