बैंकिङ एवं ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै निर्माण गरिएको प्रहरी बिट हस्तान्तरण !

बरेङ २०७६ मंसिर ६ । बैंकिङ साथै बरेङ बजारको ट्राफिक सुरक्षालाई मध्यनजर गर्दै शुक्रबार प्रभु बैंक बरेङ शाखाको सहयोगमा प्रहरी बिटको हस्तान्तरण गरिएको छ ।

बागलुङको बरेङ गाँउपालिका वडा नं २ हुग्दिशिर बरेङ बजारमा रहेको प्रभु बैंक शाखा बरेङको सहयोगमा बनेको बरेङ ईलाका प्रहरी कार्यलयको प्रहरीबिट आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष ललित आचार्यले बिटको साँचो बरेङ डाँडा ईलाका प्रहरी कार्यलयका ईन्चार्ज प्रहरी नायब निरीक्षक दान बहादुर केसीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष ललित आचार्य, समाजसेवी टेकबहादुर शेरचन, प्रहरी नायब निरिक्षक दान
बहादुर के शी लगायतले बोलेका थिए ।

बिटमा आवश्यक पलङ् पूर्व बजार व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर क्षेत्री र नवनिर्मित अध्यक्ष आचार्यले एकएक थान सहयोग गरेका थिए भने टेबल र कुर्सी विपि निर्माण सेवाका प्रोपाइटर भिमबहादुर पुनले सहयोग गरेका हुन् । साथै बिटको व्यवस्थापकीय सहयोग मिन ग्रिल उद्योगका प्रोपाइटर मिन पुनले
गरेका थिए ।

प्रभु बैंक साखा बरेङका प्रबन्धक रेशम आचार्यको अध्यक्षता रेडियो बिहानीका लेखा तथा बिज्ञापन प्रमुख हिरा बहादुर पुनको स्वागत रेडियो बिहानीका स्टेशन कोर्डिनेटर प्रकाश छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !