हिलको ब्राईट लोटस एकेडेमीमा शुक्रबारे कार्यक्रम : चम्चा दौड प्रतियोगिता सम्पन्न !

सविता खत्री, ताराखोला २०७६ मंसिर ६ । ब्राइट लोटस एकेडेमी ताराखोला गाउपालिका ३ हिलमा शुक्रबारे कार्यक्रम अन्तर्गत चम्चा दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा तीन सदनका करिब ४० जना बिद्यार्थीको सहभागीता रहेको थियो ।

प्रतियोगिता प्रथम रातो सदनकी दिपान्जली सिउताउनी मगर, व्दितिय निलो सदनकी नन्दिता नेपाली र तृतिय सेतो सदनकी एलिसा थापा भएका थिए ।

कार्यक्रमको सन्चालन बिद्यालयका प्रिन्सिपल मिलन चोखाल शिक्षक सबिता खत्री र सुमन कार्कीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !