अपडेट : महेन्द्र पथमा लागेको आगो नियन्त्रणमा : बागलुङ बजार ठुलो दुर्घटना हुनबाट बच्यो !

बागलुङ २०७६ मंसिर ५ । बागलुङ नगरपालिका २ महेन्द्र पथमा भीषण आगलागी भएको छ । बागलुङ बजार लालीगुराँश चोक देखी बालमन्दिर जाने महेन्द्र्र पथ स्थित मेघा हार्डवेयर पसलमा आगलागी भएको हो । बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलका भाई शलिक पौडेलको हार्डवेयर पसलमा राति १० बजेको समयमा आगलागी भएको हो । आगलागीको कारण थाहा हुन सकेको छैन ।

घटनास्थलमा प्रहरी पुगेर आगो निभाउने प्रयास गरिरहेको नायब प्रहरी उपरीक्षक झबिन्द्र भट्टराईले बताए । पसलको तल्लो भागको आगो नियन्त्रणमा आएको र घरको माथिल्लो तलाको आगो निभाउने प्रयास भैरहेको प्रनाउ भट्टराईले बताए ।

दमकल (अन्गिसमन यन्त्र) ले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । स्थानीय बजारवासीहरु आगलागी नियन्त्रणमा सक्रिय रहेका छन् । नेपाली सेनालाई सूचना गरिएको स्थानीयले बताएका छन् । आगोलाई आसपासका घरहरुमा फैलिन नदिन प्रयास भैरहेको प्रनाउ भट्टराई जानकारी दिए ।

अपडेट :
घटनास्थलमा नेपाली सेनाको टोलीपनि आईसकेको र आगो नियन्त्रणमा आएको जानकारी प्राप्त भएको छ । आगलागीको कारण जानकारीमा आएको छैन । आगलागीबाट भएको क्षेतीको विवरण पनि प्राप्त भएको छैन ।

अपडेट :
आगलागी नियन्त्रणमा आएकाले ठुलो क्षेती हुनबाट जोगिएकोले बजारबासीलाई राहत मिलेको छ । आगो नियन्त्रणमा आएकोले पर्वत र म्याग्दीबाट आउदै गरेका दमकलहरु फिर्ता पठाईएको प्रनाउ भट्टराईले जानकारी दिए ।

तस्बीर-सुबास पन्त/दीपरत्न श्रेष्ठ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !