बरेङ गाउँपालिका हुग्दिशिर सिग्धारामा गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण 1

बरेङ २०७६ मंसिर ४ ।स ुनौला हजार दिनभित्रका गर्भवती महिला, स्तनपान गराइरहेकी आमा र बच्चाहरुको पोषणको अवस्थामा सुधार गर्ने उद्देश्यले सुहाआराले गाउँघरका महिलाहरुलाई सहारा दिइरहेको छ ।

घरायसी खाद्यान्न उत्पादन र उपभोगमा प्रवद्र्धन गर्नको लागि खाना प्रदर्शनी कार्यक्रम अन्र्तगत बुधबार बागलुङको बरेङ गाउँपालिका हुग्दिशिर सिग्धारामा सम्पन्न गरेको छ ।
बजारबाट किनेर लिएको भन्दा पनि गाउँघरमै आफ्नै करेसाबारीमा उत्पादन गरेर खानु तथा खुवाउनुपर्छ भन्ने हेतुले शिक्षा दिनु सँगै गाउँघरका उत्पादन हुने वा गरिने र उपभोग कम मात्रामा गरिने खानाहरुको महत्व र आवश्यकता बारे कार्यक्रममा उपस्थित हुने महिलाहरुलाई जानकारी गराइने सुआहाराकी फिल्ड सुपरभाइजर हरिमाया थापाले बताईन् ।

जीवनमा अति महत्वपूर्ण अवस्था गर्भवती, सुत्केरी र बच्चा जन्मेको ६ महिनाको अवस्था मानिन्छ । त्यस्तो अवस्थाको बारेमा बताउँदै उपस्थित महिलाहरुको अवस्था अनुसार ३ आमाहरुलाई परामर्श गरी केही पोषण सामाग्री समेत वितरण गरिएको थापाले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !