कोपीला कंडेल
वास्तवमा कालो कोट नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व सरकारी कर्मचारी कानुन व्यवसायी लगायत सबैले लगाउने गर्दछन् । तर म भने अहिले कानुन व्यवसायीले लगाउने कोट बारे कुरा गर्न गईरहेकी छु । कालो रङलार्ई प्रतिरक्षाको रङ अर्थात कुटनीतिक र रणनैतिक रुपमा पनि हेरिन्छ । झट्ट हेर्दा कानुन व्यवसायी शब्द आफैमा सम्मानित र ओझिलो छ । सर्वसाधारणले कानुन व्यवसायी वा वकिल भन्नाले पीडितको पक्षमा वकालत गर्ने तथा अन्यायमा परेकालाई न्याय दिलाउने रुपमा बुझ्ने गर्दछन् । गाउंठाउं छरछिमेक टोल तथा राष्ट्र तथा अन्र्तराष्ट्र सम्मका मद्दा मिलाउने अधिकार तथा जिम्मेवारी काला कोटधारीले पाएका हुन्छन् ।
कालो कोटको अर्थ न्यायको प्रतिकको रुपमा समेत मानिन्छ । त्यसैले पीडितलाई न्याय दिलाउनका लागि कालाकोटे तथा कानुन व्यवसायीको भुमिका महत्वपुर्ण हुने गर्दछ । यिनीहरुको मानिसको रङ्ग नहेरी साक्षी र प्रमाणको आधारमा पीडितलाई न्याय दिलाउने कर्तव्य हो कालोे कोटको अर्थ । तर कानुन व्यवसायीका केही गतिवीधी हेर्दा लाग्छ सायद यिनीहरुले लगाउने कालो कोटको अर्र्थ कालै धन्दा गर्न हो । कतिपय घटनामा पीडित हो भन्ने जान्दाजान्दै अनेक दुख दिने मुद्दा माथि मुद्दा थप्न लगाउने आफ्नो पक्षको जित गराउने भन्दै नचाहिने कुरामा बढि उचाल्ने कसरी हुन्छ मुद्दा लम्ब्याउने प्रपञ्च रच्ने र अनेक द्ख दिएर पीडितलाई झन पीडित बनाएको देख्दा लाग्छ यिनीहरु केवल धनकै लागि जे गर्नपनि तयार हुन्छन् र केही काला कोटधारीले मानवीय संवेदना भन्ने कतै देखाउनै सक्दैनन् । फेरी यसो भन्दैमा ईमान्दार कमर्ठ र कतर्व्यनिष्ठ कानुन व्यवसायी माथि भने पुर्ण सम्मान गर्न चाहन्छु । केही कानुन व्यव्सायीहरु हुुनुहुन्छ जसले पीडितको दुर्ख दर्द अभाव र बाध्यतालाई बुझेर निशुल्क सेवा समेत प्रदान गर्दै आउनु भएको छ । दुधको दुध र पानिको पानि छुट्याउने कानुन व्यवसायी माथि मैले प्रश्न खडा गर्न खोजेको होईन । मुलुकमा जव ठुलाबडा र सुकिला मुकिला तथा शक्तिशाली नेता बिभिन्न आपराधिक क्रियाकलापमा फस्छन् तव अदालतलाईनै प्रभावित पार्नेगरी उनिहरुको पक्षमा चाकडी चाप्लुुसी साथ उसलाई ढाकछोप पार्न वकिलसाबहरुको लाईन लाग्ने गर्दछ । यस्तो देख्दा लाग्छ नयां संबिधान अन्तर्गतको परिमार्जित कानुन पनि अझै दलाल र भ्रष्टहरुको पक्षपोषण गर्ने खालको छ ।
कानुन भनेको पीडितलाई न्याय दिलाउनका लागि हुनुपर्छ यहां त पैसाकै लागि पक्ष र विपक्ष भएर पहुच बल र शक्तिका आधारमा जसले बाजी मार्यो उसैले जित्यो अर्थात बढि लगानी र खर्च गर्न सक्नेको पक्षमा कानुनलाई प्रभावित बनाउन लागि पर्छन केही कानुन व्यवसायीहरु । हुनत वकिलले जे जस्तो गतिवीधी र वहस गरेपनि अदालतले आफ्नो विवेक प्रयोग गर्छ भन्ने प्रश्न उठ्ला तर यी कालाकोटधारीकोे गतिविधीले अदालत न्यायाधीश तथा समग्र न्यायिक क्षेत्रपनि यो वा त्यो तरिकाले प्रभावित बनाउन पछि नपर्ने केही घटनाक्रमले देखाईरहेका छन् । पैसाकैै लागि छाडा छोडेका सांडे जस्तो हुने काला कोटेहरुलाई छुट् छ भने वर्तमान कानुन पनि पीडितकोे पक्षमा छ भन्ने कुराको कुनै ग्यारेण्टीका साथ भन्न सकिने अवस्था छैन ।
रौतहट बम विस्फोटका घाइतेलाई इटाभट्टामा हालेर जिउँदै जलाउने कांग्रेस नेता तथा सांसद मोहम्मद अफताव आलम पक्राउ पछि नाम चलेका कानुन व्यवसायीले आलमको पक्षपोषण गरेको देख्दा यो मुलुकमा अझै दण्डहीनताले पश्रय पाईरहेको छ । घाईतेलाई ज्युदै ईट्टा भट्टामा हालेर आगो लगाउन सक्ने त्यस्ता क्रुर अपराधीलाई सायद बाह्य राष्ट्रमा हुन्थ्यो भने मृत्युदण्डकोे सजाय हुन्थ्योे होला । हिजो गुण्डागर्दी गरेको नाममा चरीहरुलाई गोली ठोकेर मारियो । त्यो भन्दा अझै निकृष्ट व्यवहार यी आलमले देखाए । यस्ता क्रुर अपराधजन्य क्रियाकलापमा संलग्न यिनलाई वचाउन उनका पक्षमा उभिने हाम्रा वकिल साबहरुको तमासा घीन लाग्दो छ । पुर्व महान्यायाधिवक्ता बरिष्ठ कानुन व्यवसायी रमण श्रेष्ठ जो मेरै जिल्लाको भएकोले उहां संग प्रत्यक्ष साक्षात्कार कुराकानी पनि गरेकी छु । उहांलाई मैले दाई भनेर बोलाउने गर्छु । जसलाई टाडै देख्दा श्रद्धाले शिर झुक्ने गर्छ उहां लागयत शम्भु थापा, शेर बहादुर केसी लगायत बरिष्ठ र अन्य कानुन व्यवसायी समेत आलमको पछाडी देखिनु केवल आलमको मात्र कुरा होेईन उनि त एउटा प्रतिनिधी पात्र हुन शक्ति पहुंच र पैसाको आडमा धेरैले न्याय पाउन बाट बन्चीत छन् । यी र यस्ताखाले काला कोटधारीले न्याय क्षेत्रलाई कही न कही धमिल्याई रहेका छन् । आलम काण्डमा वकिल साब्हरुको यस्तो गतिवविधीले न्यायाधीश प्रहरी प्रशासनलाईनै हतोत्साही बनाउदैन भन्न सकिदैन । आखिर जे भएपनि अदालतले गरेको निर्णय पीडितको पक्षमा छ । आलम पुर्पक्षका लागि थुनामा पर्नुले पीडकलाई बचाउन ठुलैै शक्ति केन्द्र्रलागेपनि अदालतले न्यायोचित निर्णय नै गर्छ भन्ने पुष्टी गरेको छ ।
पछिल्लोे आलम र महरा काण्डमा अदालतको निर्णय प्रति राजनीतिक दल समेत सन्तुष्ट हनुले गल्ती गर्नेलाई दलहरुले संरक्षण गर्न छाडे भन्ने सकरात्मक प्रभाव समेत परेको छ । अव राज्यले न्यायिक क्षेत्रलाई अझै स्वच्छ र प्रभावकारी बनाउनका लागि सरकारी कानुन व्यवसायीलाई नै बिसेष जोड दिनुपर्ने देखियो । सरकारी वकिल दक्ष र सुविधा सम्पन्न छन भन्ने प्रभाव पार्न सकियो भने प्राईवेट वकिलहरुको मनपरी पनि स्वत कम भएर जानेछ ।
व्यवसायको नाममा कोही कसैमाथि ठुलै अन्याय हुनेगरी कानुन व्याव्सायीले पक्ष लिनु उचित हुदैन । कमाउ धन्दालाईनै पहिलो प्राथमिकता दिएर आफ्ना गतिविधी अगाडी बढाईयो भने आफुहरु प्रतिको विश्वसनीयता स्वतं कम हुन्छ र केही त्यस्ता नियतवस गरिएका अमानवीय व्यवहारले ईमान्दार स्वच्छ छवि बनाएका कानुन व्यवसायी माथि समेत दाग लाग्न सक्छ । अत न्यायालयको छवीलाई सदैव उचो बनाउन तथा पीडितलाई न्यायको अनुभुति दिलाउनका लागि कानुन सवै कानुन व्यवसायीहरुले आफ्नो पेसालाई मर्यादित रुपमा बेचौ । यसो हुन सक्यो भने आलम र आलम जस्ता काण्ड स्वत घट्ने छन् ।
लेखिका ईबागलुङकी संपादक हुन् ।