बिदेशबाट पठाएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि आउदैन : पूर्व उपप्रधानमन्त्री केसी

कौरव खत्री, गल्कोट २०७६ मंसिर ५ । गल्कोट नगरपालिका ५ बसाहाफाँटमा आयोजित दोश्रो गल्कोट घुम्टे महोत्सवको दीपप्रज्वलन एव) झण्डोत्तोलन सहित उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले बिदेशबाट पठाएको रेमिट्यान्सले गाउँमा बेसाएर खाएर समृद्धि नआउने बताए । उनले मान्छे निर्यात हैन उत्पादनलाई निर्यात गर्रौ भन्दैे युवाहरुले यहाँ उत्पादन भएका वस्तुलाई विदेशमा पठाउने कार्यमा लागेर उत्पादनशिल काममा सबैजना लाग्नुपर्नेमा जोड दिए ।

भारतले सीमा मिचेको प्रशंगबारे चर्चा गर्दै राष्ट्रियताको पक्षमा सवै एकजुट भएको संम्भवत पहिलो पटक भएको उल्लेख गर्दै केसीले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाको रक्षाको लागि पहिलो पटक,राजनैतिक दल,पत्रकार, र आम नागरिक एकै ठाउँमा भएको बताए । साथै उनले गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापनाको लागि नेपाल सरकार सकारात्मक रहेको बताउदै छिट्टै गलकोटमा ईलाका प्रशासन कार्यालय स्थापना हुने बताए ।

कार्यक्रमको अवसरमा पुर्व बनमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले गल्कोट क्षेत्र पर्यटकीय संम्भावना बोकेको क्षेत्र रहेको हुँदा यहाँको विकासका निम्ति सवै राजनीतिक दलहरु एकै ठाउँमा हुनुपर्ने बताए । नेता भण्डारीले शहिद थीरबम मल्लको गाउँको विकासका निम्ति नेपाली काँग्रेसले सधै सहयोग गर्न तयार रहेको बताए ।

सो अवसरमा सांसद ज्ञानकुमारी छन्त्याल, प्रदेश सांसद व्दय चन्द्र बहादुर बुढा, ईन्द्रलाल सापकोटा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगर, नेपाली काँग्रेस जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, राजमोका जिल्ला उपाध्यक्ष वेदीलाल सापकोटा, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, बागलुङ पर्यटन विकास समितिका महासचिव अर्जुन चोखाल, सामुदायिक सेवा केन्द्र गल्कोटका अध्यक्ष मञ्जु शर्मा चालिसे लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मंसिर ११ गते सम्म सञ्चालन हुने महोत्सवमा लोकदोहोरी गीत प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, स्थानीय उत्पादनको प्रर्दशन एवं प्रवद्र्धन गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरु संचालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रम घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंकबहादुर बस्नेतको अध्यक्षता केन्द्रका बरिष्ठ उपाध्यक्ष राजबहादुर थापाको स्वागत तथा केन्द्रका सचिव शेरबहादुर थापा, सांस्कृतिक संयोजक हिमबहादुर भण्डारी र पत्रकार राम थापा अविरलको सञ्चालनमा सम्पन्न भएको थियो ।

दोश्रो गल्कोट घुम्टे महोत्सवको पूृर्व उपप्रधानमन्त्री केसीव्दारा उद्घाटन ! (भिडियो)

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !