आजको तस्वीर : बामगठबन्धनको चुनाव प्रचार !

बुर्तिवाङ २०७६ मंसिर ४ । निसीभूजीमा यतिबेला उपनिर्वाचनको माचो छ । उपनिर्वाचनमा उठेका १० जना उमेदवारहरुमध्य नेपाली काँग्रेसका जीतबहादुर शेरचन र बामगठबन्धनका खिमबिक्रम शाही बीच नै चुनावी प्रतिष्पर्धा हुने निश्चित प्राय: छ ।

बामगठबन्धनका उमेदवार शाहीलाई लिएर नेकपा र राजमोका नेता कार्यकर्ताहरु चुनावी प्रचारमा व्यस्त रहेका छन भने नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु आफ्ना उमेदवार शेरचनलाई लिएर मतदाताहरुको घरदैलोमा पुगी रहेका छन् ।

विभिन्न दलहरुबाट उठेका अन्य उमेदवारहरु पनि आआफ्नो चुनाव चिन्हमा मतदान गर्न मतदाताहरुलाई आफु सक्दो प्रयास गरिरहेको दृश्य पनि देखिन्छ भने बागी उमेदवारी दिएका शेरमान घर्ती आफै बाकस घोप्टाएर शाहीको पक्षमा मतमाग्दै हिँडेपनि उनका समर्थकहरुले भने घर्तीको चुनाव चिन्ह क्लिप मा मतदान गर्न अपील गरिरहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !