अन्तराष्ट्रिय कलाकार समाज (इनास) को सोह्र सदस्यीय सल्लाहकार समिति गठन !

काठमाडौँ २०७६ मंसिर ४ । अन्तराष्ट्रिय कलाकार समाज ९इनास० ग्लोबल समितिको गत आस्विन २६ र २७ मा काठमाण्डौंमा भएको तेश्रो ग्लोबल भेला मार्फत गठन भएको नयाँ कार्य समितिको बैठकले संस्थाको बिधानको दफा ४९३० बमोजिम सम्बन्धित क्षेत्रका बिज्ञमध्येबाट अध्यक्षले नियुक्त गर्ने तीन जना सल्लाहकार सहित कूल १९ जना सल्लाहकारमध्ये हाललाई लुम्बिनी(कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठ ९अस्ट्रेलिया०, एनआरएन आइसिसिका पूर्व अध्यक्ष जीवा लामिछाने ९जर्मनी० र जर्मनको कोलोन राज्यका लागि अबैतनिक महाबाणिज्य दूत एबं एनआरएनका संस्थापक सदस्य रामप्रताप थापा लगायत १६ जनाको ग्लोबल सल्लाहकार समिति गठन गरेको छ ।

अन्य सल्लाहकारमा फणिन्द्र पन्त (नेदरल्याण्डस), नेपालबाट प्रदिप बन्जन, लक्ष्मण लम्साल र रबिन्द्र खड्का, मित्रलाल पार्दे (पोल्याण्ड), लोकप्रशाद दाहाल (बेल्जियम), बिजय मोक्तान (जर्मनी), डिपि मैनली (नेदरल्याण्डस), कृष्ण बहादुर थापा (वेलायत), अमेरिकाबाट ज्ञानेन्द्र गदाल र गोबिन्द गिरी ‘प्रेरणा’, डा रुपक अर्याल अस्ट्रेलिया र डा दिनेश आचार्य युएइ छन ।

क्षेत्रिय संयोजकहरुमा सन्त कुमार थापा मगर युरोप, सुशिल चालिसे ओसियाना, लोकराज अधिकारी एशिया, आनन्दु थिङ लामा अमेरिका ग्लोबल अधिबेशनद्धारा नै निर्बाचित भएकोले पदपूर्ति हुन बाँकी रहेका महादेशिय सह(संयोजकहरुमा युरोप क्षेत्रिय सहसंयोजकहरुमा प्रकाश तिवारी स्पेन र अर्पण पोखरेल नेदरल्याण्डस, एशिया क्षेत्रिय सहसंयोजकहरुमा रुपा सरोदु न्यौपाने नेपाल, दक्षिण एशिया क्षेत्र र राजेश दर्शन अर्याल संयुक्त अरब एमिरेटस, मध्यपूर्ब, अमेरिका क्षेत्रिय सहसंयोजकहरुमा डा गोबिन्द सिंह रावत क्यानडा र बसन्त खड्का अमेरिका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !