सँस्थापक सभापति प्रेम सापकोेटालाई हङकङमा स्वागत तथा सम्मान

रामकृस्ण कंडेल, गुल्मी २०७६ मंसिर ४ । नेपाली जनसम्पर्क समिति हङकङको सँस्थापक सभापति प्रेम सापकोेटालाई संस्थाको तर्फ देखि मकाउ, हङकङमा भब्य स्वागत तथा सम्मान गरिएको छ। लामो समय सम्म हङकङ रहदा सभापति सापकोटाले नेपाल र हङकङ बिचको सुमधुर सम्बन्ध बिस्तार गर्न तथा त्यहॉ रहेका नेपालीहरूलाई संगठित गरि एकताबध्द रूपमा अगाडि बढाऊन महत्वपूर्ण भूमिका निर्बाह गरेका थिए। तत्कालीन समयमा हङकङमा नेपाली जनसम्पर्क समिति नामको संस्थालाई गठन गरी सेवामुलक कार्यलाई अगाडि बढाएको उनको सह्रानीय योगदानलाई सम्मान गर्दै यस संस्थाले प्रेम सापकोटालाई बिशेष सम्मान गरिएको बताईएको छ।

अष्ट्रेलियाबाट बिशेष कामको सिलसिलामा हङकङ आएको अवसरलाई संस्थाले बिशेष अवसर मानेको छ। संस्थापक अध्यक्ष सापकोटा र बर्तमान कार्य समितिका पदाधिकारीहरू बिच बिबिध बिषयमा छलफल तथा अनुभब आदान प्रदान समेत गरिएको थियो। जन्मभूमि भन्दा निकै टाढा रहेका नेपालीहरूलाई फुलको माला जस्तै एकताबध्द गराऊन सापकोटाको भूमिकालाई सबैले मन पराएका छन।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !