दोश्रो गल्कोट घुम्टे महोत्सव आज देखी : हटिया हरिचौर बजार दुलही झैं सिँगारिए !

थम्मन थापा, गल्कोट २०७६ मंसिर ४ । गल्कोट घुम्टे पर्यटन विकास केन्द्र बागलुङको आयोजनामा आज मंसिर ४ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने महोत्सवको लागी भव्य तयारी भएको छ । । गल्कोट नगरपालिका ५ हरिचौरको बसाह फाँटमा सञ्चालन हुने महोत्सवको पुर्व सन्ध्यामा गल्कोटको मुख्य बजार हटियालाई दुलही झैं सिँगारिएको छ ।

महोत्सवमा आउने दर्शक तथा पर्यटकहरुको स्वागतको निमित्त गलकोट क्षेत्र यति बेला दुलही जस्तै सिँगारिएको छ । महोत्सवलाई लक्षित गरि गल्कोटका चोक टोल तथा गाउँहरु सरसफाई सँगै झिलिमिली पारिएको छ । महोत्सवमा आउने दर्शक, अतिथि पाहुनाहरु र पर्यटकहरुलाई स्वागत गर्नको निम्ति गलकोटलाई सुन्दर बनाईएको छ ।

गलकोटको हटिया, हरिचौर बजार लगायत विभिन्न टोलहरु ध्वजा पताकाले रङगीचङगी भएका छन । गलकोट नगरपालिका र ताराखोला गाँउपालिकाका प्रत्येक वडामा डिपिआर तयार गरि गलकोटलाई पर्यटकीय हवको रुपमा विकास गर्ने उद्येश्य सहित झण्डै १३ वर्ष पछि दोस्रो गल्कोट घुम्टे महोत्सव आयोजना गरिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !