दमौली कारागारका कैदीबन्दीहरुलाई मेडिटेशन विषयमा दुई दिने प्रशिक्षण सम्पन्न !

दमौली, २०७६ मंसिर ४ । समाजमा रहेका नागरीकहरुलाई भैतिक एवं नैतिक रुपमा सशक्त बनाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको आयोजनमा मेडिटेशन र माइन्डपुलनेस विषयक दुई दिवसिय प्रशिक्षण कार्यक्रम तनहुँ कारागारमा मंगलबार सम्पन्न भयो ।

सो प्रशिक्षणमा विचारको शक्ति, सात्विक आहार, सत्कर्म, समयको महत्व, मानव जीवन, ध्यान, आध्यात्मिकता आदिको विषयहरुमा प्रशिक्षक ब्रह्माकुमार राजु खड्का र प्रशिक्षिका ब्रह्माकुमारी यमुनाले प्रशिक्षण दिुदै सफल जीवनका लागि मानसिक एवं शारीरिक रुपमा स्वस्थ रहनु पर्ने त्यसको लागि आध्यात्मिकता र भौतिकताको सन्तुलाको आवश्यकता भएको र साथमा आन्तरीक रुपमा सशक्त जागरुक हुनु पर्ने बताए ।

आन्तिरक रुपमा निरन्तर सशक्त रहनको लागि आध्यात्मिक चिन्तन ध्यान योगको दैनिक अभ्यास गर्नु पर्ने आजको आवश्कता भएको उनिहरुले बताए ।

जेलर विजयराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यबmमको संचालन ब्रह्माकुमारी रेश्माले गरेकी थिईन् ।

सो अवसरमा दैनिक जीवनमा असल चिन्तन गर्ने विधिको अभ्यास पनि गराईएको थियो । प्रशिक्षणमा करीब १२७ जना कैदीबन्दीहरुको सहभागिता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !