गल्कोट हटिया बजारको सुरक्षालाई मध्यनजर गर्दै सिसीटीभी क्यामेरा जडान !

थम्मन थापा, गल्कोट २०७६ मंसिर ३ । गल्कोट नगरपालिकाको हटिया बजारमा सीसीटीभी जडान गरिएको छ । गलकोट नगरपालिका वडा नं ३ हटिया बजारको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै सीसीटीभी क्यामरा जडान गरिएको हो ।

गलकोट नगरपालिका वडा नं ३ को कार्यालय र उद्योग वाणिज्य संघ गल्कोट ईकाईको पहलमा हटिया बजारको जिप पार्क, लोकतन्त्र चोक, बिएनबी चोक, बिच बजार, वडा कार्यालय परिसर लगायतका क्षेत्रमा सीसीटीभी जडान गरिएको गल्कोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीले ईबागलुङलाई जानकारी दिए। हटिया बजार क्षेत्रको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनका लागि २ लाखको लागतमा अहिले ६ वटा सीसीटीभी जडान गरि सञ्चालनमा ल्याईएको छ । केहि दिन पछि थप १० वटा सीसीटीभी जडान गरिने उद्योग वाणिज्य संघ गलकोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

पछिल्लो समय गल्कोटमा रातको समयमा अपराधिक गतिविधि बढ्दै गईरहेको बेला यसलाई न्युनीकरण गर्न समेत सीसीटीभी जडान गरिसकेपछि सहज हुने प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी क्षेत्रीले बताए । सीसीटीभी जडान गरिसकेपछि गल्कोटको हटिया बजार क्षेत्रमा सवारी दुर्घटना न्युनिकरण गर्न, बजार क्षेत्रमा अपारधिक गतिविधि न्युनिकरण गर्न र सुरक्षा व्यवस्थालाई मजबुत बनाउनमा सहयोग पुग्ने अपेक्षा गरिएको वडा सदस्य झहर बहादुर खत्रीले ईबागलुङलाई बताए।

यो लिंकपनि पढौं
बागलुङ बजारमा जडान गरिएका सबै सीसीटीभी काम नलाग्ने !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !