ताराखोलाको वडा न ३ मा यसरी मनाइयो विश्व चर्पी दिवस !

पूर्णभद्र निउरे ताराखोला २०७६ मंसिर ३ । प्रत्येक घरमा चर्पीको पहुँच भन्ने नाराका साथ ताराखोला वडा न ३ को जनता प्रा बि मा विश्व चर्पी दिवस मनाइएको छ । ताराखोला गाउँपालिकाको खानेपानी तथा सरसफाइ शाखाको आयोजनामा मनाइएको कार्यक्रममा सरसफाइ सम्बन्धि चेतनामूलक नारा र प्लेकार्ड सहित गाउँ परिक्रमा गरि बिद्यालयमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्ने अधिकाश बक्ताहरु ले सरसफाइ जीवन संग जोडिएको बिषय भएकाले सुरक्षित चर्पीको प्रयोग सङ्गै सरसफाइमा ध्यान दिन अनुरोध गरेका थिए ।
कार्यक्रममा गाउँ शिक्षा समिती ताराकी सदस्य पूर्णमाया रोका, जनता प्रा बि हिलका प्र अ लिला बहादुर जिटी , टोल सुधार समितीका सदस्य रत्न बहादुर पुन ,दलित संजालकी अध्यक्ष कृष्णा गौचन बि क लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम वडा न ३ कि वडा सदस्य श्रीमाया घर्तीको अध्यक्षता ताराखोला गाउँ पालिकाकी स्वास्थ प्रबर्द्धक मेनुका पुनको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !