शिक्षकव्दारा अध्यापनरत विद्यालयका २२ जना बिद्यार्थीलाई न्यानो कपडा वितरण

निर्मल पौडेल, पर्वत २०७६ मंसिर ३ । पर्वतको कुस्मा नगरपालिका ४ छमर्केमा स्थित जनजागृत प्राथमिक विद्यालयका २२ जना विद्दार्थीहरुलाई सोही विद्दालयका शिक्षक भोलानाथ शर्माले स्वीटर वितरण गरेका छन् । मंगलवार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयका २२ जना गरिव तथा जेहन्दार विद्दार्थीहरुलाई शर्माले स्वीटर प्रदान गरेका हुन् ।

विगतका वर्षहरुमा जस्तै यस वर्षपनि विद्यार्थीहरुलाई जाडो यामको अवसर पारेर रु ८ हजार भन्दा माथिको उक्त सहयोग गरेको शिक्षक शमाले वताए । शैक्षिक पेशा संगै सामाजिक कार्यमा सकृय शर्माले ३० वर्षको शैक्षिक सेवामा कार्यरत रहँदा आँफुले अध्यापन गराउने विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएको भन्दै आफ्नो सानो सहयोगले न्यानो कपडा लगाउन वञ्चित विद्यार्थीहरुमा मनोवैज्ञानिक हिसावले हौशला प्रदान हुने वताए । उनले भने ‘‘मैले हरेक साल विद्दालयका गरिव तथा जेहन्दार विद्दार्थीहरुलाई वर्षको एकपटक सहयोग गर्दै आएको छु ,आफुले कमाएको केही रकम विद्यार्थी भाइवैनीहरुका लागि खर्च गर्न पाउँदा सुखद पलको महशुस गर्ने भन्दै शर्माले आफ्नो लामो पारिवारिक जिन्दगी र शैक्षिक अनुभवमा खान पुगोस् दिन पुगोस् मा वितेको वताए । ’’

कार्यक्रममा प्रमुख अतिथी कु.न.पा. वार्ड नम्वर ४ का अध्यक्ष मिना कर्मचार्यले शर्माले गरेको सहयोग निकै सह्रानीय भएको वताईन । विद्दालयका प्रध्यानध्यापक खगेश्वरी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक विजय प्रसाद शर्माले गरेका थिए । कार्यक्रममा विद्दालयका शिक्षक विद्दार्थीहरुको सहभागिता रहेको थियो ।
्््

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !