ढोरपाटन शिकार आरक्षबाट ७५ बोरा धुपीको पात बरामद, दुई जना व्यक्ति सहित ६ घोँडा नियन्त्रणमा !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर ३ । ढोरपाटन नगरपालिका वडा नं.६ खानी चामिव्दारमा ७५ बोरा धुपीको पात र डाँठ सहित दुई जना प्रकाउ परेका छन् । ढोरपाटन शिकार आरक्ष छ्यान्तुङबाट विक्रीका निम्ती ल्याइएको उक्त परिणामको धुपी स्थानीयले फेला पारेी ढोरपाटन शिकार आरक्ष कार्यालयका कर्मचारीको जिम्मा लगाएका छन् ।

ढोरपाटन ६ का लिलाप्रसाद घर्तीले शिकार आरक्षमा रहेको धुपीको बोटलाई फँडानी गरी अन्य व्यक्तिहरुलाई प्रयोग गरेर खानी चामिव्दार ल्याउने र त्यहाँबाट विभिन्न क्षेत्रमा निकासी गरी पैसा कमाउने् गरेको बताईएको छ । स्थानीयले ढोरपाटन शिकार आरक्षका कर्मचारी र शत्रुमर्दन गुल्म ढोरपाटनलाई खबर गरेपछि आरक्षका कर्मचारी विनोद बिक सहित आएको टोलीले धुपी ओसार पसारमा सँलग्न लिला प्रशाद घर्तीका कामदार कमरा बिक, बिर बहादुर बिक सहित धुपी बोक्न प्रयोग गरिएका ६ वटा घोँडा सहित ७५ बोरा धुपी समेत नियन्त्रणमा लिइएको शिकार आरक्षका रेन्जर विनोद बिकले बताए ।

बिकले धुपी सल्ला बहुमुल्य प्रजातीमा पर्ने र उक्त सल्लाको पातबाट धुप बाल्न प्रयोग गर्नुका साथै औषधिको रुपमा समेत प्रयोग हुने गरेका कारण चोरी पैठारी भएको बताए । सामान्यतया घरमा धुपको रुपमा प्रयोग गर्नका निम्ती कसैलाइ प्रकाउ गरिएको छैन् उनले भने, तर धेरै परिमाणमा व्यवसायिक रुपले चोरी तस्कारी गरेको पाइएकोले कानुन बमोजिम कार्वाहि प्रकृया अगाडी बढाइने छ ।

मुख्य व्यक्ति लिला प्रकाश घर्ति फेला परेका छैनन् । उनको खोजी कार्य भइरहेको र नीजलाई केहि समय पहिले शिकार आरक्षबाटै सिरौला चोरी केशमा कार्वाहि गरीएको थियो भने तमानखोलाको बोङ्गादोभानबाट समेत स्थानीयले धुपीकै पात र डाँठ सहित फेला पारेपछि स्थानीय आमा समुहले ४५ हजार रुपैयाँ जरीवाना गराएर छोडेको स्थानीय रेशम भण्डारीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !