नेपाल माबि तारामा लागु औषध दुर्व्यसन सम्वन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न !

खगेन्द्र विश्वकर्मा, ताराखोला २०७६ मंसिर ३ । जिल्ला प्रहरी कार्यालय बागलुङले केहि समय यता लागु आौषध दुर्व्यसन सम्वन्धी सचेतनाकुलक कार्यक्रमलाई जिल्ला स्थित विभिन्न विद्यालहरुमा सन्चालन गर्दै आाएको छ ।

यसै क्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख, प्रहरी उपरीक्षक नवराज भट्टले नेपाल मावि ताराका विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धि सचेनामुलक प्रशिक्षण दिएका छन् । उनले विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन सम्वन्धी जानकारी दिँदै यसको कुलतबाट घरपरिवार, समाज र स्वास्थ्यमा पर्ने प्रतिकुल प्रभवबारे प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल माविका सम्पूर्ण विद्यार्थी सहभागी थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवश खत्रीको अध्यक्षता प्रधानाध्यापक थम प्रसाद रोकाको स्वागत र शिक्षक विवेक परियारको संलालनमा सम्पन्न भएको थियो ।

सो अवसरमा विद्यार्थीलाई किट मार्फत लागु औषध प्रयोग परीक्षण गरिएको थियो । कक्षा ९ मा अध्ययनरत हर्कबहादुर थापाले मेसिनले गलत परिणाम (रिजल्ट) दिएको बताएका थिए भने केहि विद्यार्थीले स्वीकार गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !