तम्घासका ‘बोस’–घर अर्घातोष !

प्रेम सुनार, गुल्मी २०७६ मंसिर ३ । गुल्मीको सदरमुकाम तम्घासमा छिमेकी जिल्ला अर्घाखाँचीका करिव ७० प्रतिशत मानिसहरु विभिन्न ब्यवसाय र पेशामा रहेका छन । त्यस मध्ये अर्घाखाँचीको अर्घातोषबाट आएका नेवार समुदाय तम्घासको ब्यापार ब्यवसायको क्षेत्रमा बोस नै मानिन्छन ।

अर्घातोषबाट तम्घास आउने नेवारहरुको ईतिहास खोज्दा आज भन्दा झण्डै डेढ सय बर्ष अघि हाल नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको जिज्युबुवा सबै भन्दा पहिला आएर बसोबास गरेको पाईन्छ । उनी तम्घासमा आएर बसोबास गर्न थाले पछि उति बेला नेवारहरुलाई साहु भनेर पुकारिने हुँदा साहुटोल भन्ने गरिएको छ ।

सभापति श्रेष्ठ भन्छन, हामीहरु चौधरी थरका श्रेष्ठ हौं । हाम्रा जिज्यु बुवा काभ्रेको पनौतीबाट अर्घातोषस्थित पोखरेडाँडामा आएर बसोबास गर्नु भएको हो । त्यहाँबाट उहाँ तम्घासमा आउनु भएको र मेरो हजुर बुवा ईन्द्रलाल श्रेष्ठ समेत यहि तम्घासमा जन्मिनु भएको हो । अहिले मेरो बुवाको उमेर ८८ बर्षको भयो , उहाँलाई थाह होला मलाई भने जिज्यु बुवाको नाम थाह छैन । भुवनप्रसादका काका भिमप्रसाल श्रेष्ठका छोराहरु विरेन्द्र , सन्तोष र मोहन श्रेष्ठ भएको श्रेष्ठले बताए ।

एक घर श्रेष्ठले सबै समुदायको मन जिते

ब्राम्हण र क्षेत्रीहरुको बाहुल्य रहेको हालको तम्घास त्यति बेलाको लक्ष्मीपुर ग्राम पञ्चायतमा जम्मा एक घर श्रेष्ठ परिवार बसाई सराई गर्न पुगेको थियो । सामन्य किशान परिवार थियो भुवन श्रेष्ठका हजुरबुवा ईन्द्रलाल श्रेष्ठको । उनले नेवारहरुको परम्परागत पेशा ब्यापार ब्यवसाय भन्दा पनि खेती किशानी गरेर छोराहरु पठाए ।

फलतः जेठा छोरा सुकुन्दराज श्रेष्ठ तत्कालिन लक्ष्मीपुर ग्रामा पञ्चायतको उपप्रधानपञ्च भए । कान्छा छोरा मथुृराप्रसाद श्रेष्ठ तत्कालिन जिल्ला पञ्चायतको खरिदार पदमा जागिरे भए । २४ बर्ष सम्म जागिर खाएका मथुराप्रसाद २०४२ सालमा अवकास लिएर आरम गरिरहेका छन ।

उनका माईला छोरा भुवनप्रसाद श्रेष्ठले राजनैतिक क्षेत्रमा जिल्लाभर प्रभाव जमाए । उनी बहुदल पछि श्रेष्ठ प्रथम जननिर्वाचित गाविस अध्यक्ष र दोश्रो कार्याकालमा पनि गाविस अध्यक्ष पनि उनै निर्वाचित भए । उनले २०४९ साल देखि २०५९ साल सम्म तम्घासको गाविस अध्यक्ष भएको बताए ।

स्थानिय तहको निर्वाचनमा रेसुङ्घा नगरपालिकाको मेयर उमेदवार रहेका श्रेष्ठ झिनो मतले साविक नेकपा एमालेका उमेदवार डिल्लीराज भुसाल संग पराजित भएका थिए । यसरी एउटा श्रेष्ठ परिवारले सुरु देखि हाल सम्म यहाँका सबै समुदायको मन जित्न सफल हुनु भनेको उनीहरु सबै संग सद्भाव राख्ने , सबैको दुख सुखमा साथ दिने र मिलेर बस्ने नेवार समुदायहरु हुन भन्ने प्रमाण हो ।

ब्यापारमा फेरी रुन्चे साहु कहलाएका थिए
हालको तम्घास बजार मानव वस्ती एकदमै कम थियो कुनै समय । ताल तलाउ र झाडी नै झाडी रहेको तम्घासमा माथी अग्लो भागहरुमा मानिसहरुको वस्ती भए पनि तल तम्घास खोलामा चिप्ले किरा टिप्न आउने पाका मानिसहरु बाहेक केटा केटीहरु हिड्न डराउथे भन्छन बुढापाकाहरु ।
त्यस्तो ठाउँमा बजार विस्तारको सरुवात गर्ने पहिलो ब्यक्ति थिए हाल पुरानो बजार स्थित राजकुमार श्रेष्ठका हजुर बुवा हनविर कक्षपति । उनका नाती राजकुमार कक्षपति भन्छन हाम्रा हजुर बुवा भक्तपुरको भोलाक्षबाट डेढ सय बर्ष अघि तम्घास आउनु भएको थियो । आँखाबाट आँशु झरिरहने भएकोले हाम्रा हजुर बुवालाई रुन्चे साहु भन्थे छिमेकीहरुले ।

हाम्रो उति बेलाको पसललाई रुन्चेको पसल भन्थे , अलि टाढाकाले तम्घासे साहु भन्थे । उती बेला अर्घाखाँची , प्युठान , गुल्मी र बाग्लु सहित चार जिल्लाको दोकान भने कै हाम्रा हजुर बुवाको थियो । अहिले जवहार आर्ट पसल रहेको स्थानमा किराना पसल र अहिले मेरो घर रहेको स्थानमा ठुलो कपडा पसल थियो ।

दोकान जमाउनेमा अगुवाई गरे हनविरका जेठा छोरा गणेशकुमार कक्षपतिले हालको बुटवल ,तत्कालिन बटौली खस्यौलीमा दुई वटा पसलमा गणेशकुमार बस्न थाले । त्यहाँबाट भरिया लगाउँदै तम्घास लगायतका स्थानमा सप्लाई गर्न थाले । मानिसहरुको भिडभाडले दिउँसै ब्राह तेह्र वटा मईन्टोल बालेर ब्यापार गर्नु पर्दथ्यो राजकुमार श्रेष्ठ भन्छन बुवा लगायतका हामी परिवारले भित्र मईन्टोल बाल्ने भएका कारण दिन र रात छुट्याउन सक्दैन्थ्यौं ।

दैनिक बाह्र तेह्र सय भरिया कोही यताबाट बटौली तर्फ त कोही उताबाट यता आउँदै गरेको लाम हुन्थ्यो । राजकुमार श्रेष्ठका चार भाई बाबुहरु मध्ये उनका बाबु जेठा गणेशप्रसाद कक्षपति थिए । उनका जेठा छोरा राजकुमार कक्षपति , माईला युवराज र कान्छा आनन्द कक्षपति हुन । राजकुमारका माईला बुवा कृष्णलालका छोराहरु मिनप्रसाद , शुसिल , महेश्वर हुन । साईला काशीप्रसादका छोराहरु रघुनाथ , ुसुर्यप्रसाद , चन्द्रप्रसाद , तारा प्रसाद ज्योति र जोहार कक्षपति हुन ।

काशिप्रसादका छोरा सुर्यलाल कक्षपति हुन । सुर्यलालका जेठा छोरा ओमप्रसाद श्रेष्ठ , माईला राजेन्द्र , साईला सुरेन्द्र कान्छा विष्णु कक्षपति । माईला बुवा कृष्णप्रसाद कक्षपतिका जेठ छोरा मिनप्रसाद , माईला सुशिल कक्षपति कान्छा महेश्वर हुन ।

कान्छा बुवा काजिमानका छोरा मथुराप्रसाद बुटवलमा बस्छन । जोगलाल भैरहवमामा र कान्छा गणेश खैरेनीमा बस्छन श्रेष्ठले भने । उनीहरुकी दिदी भिमकुरी श्रेष्ठ हाल मन्दिरकी कार्यालय प्रमुख हुन । तम्घासमा हवेली दोकानदार भनेर कहलाएका सुरुमा यीनै कक्षपति परिवार थिए । उनीहरुको मामा घर अर्घातोष थियो । कपडा दोकानमा कहलाएका क्याम्पसरोडको मानबहादुर श्रेष्ठ हुन । उनी माने साहुका रुपमा एक समयका चर्चित ब्यापारि हुन ।

दोश्रो चरणमा अर्घातोषे कहलाए
आज भन्दा साठी बर्ष अघि पुरानो बजार मै साना कान्छा साहुका उपनाले तम्घासमा कहलाएका थिए अर्घातोषबाटै आएका अर्का ब्यक्ति । लोकप्रसाद श्रेष्ठ नाम भएका उनी हाल पुरानो बजारमा रहेका नवराज श्रेष्ठका हजुर बुवा थिए । लोकप्रसादका जेठा छोरा बखान सिंह र कान्छा छोरा टोपप्रसाद श्रेष्ठ तम्घासका निकै कहलाएका ब्यापारि थिए ।

बखान सिंहका जेठा छोरा महेन्द्रकुमार श्रेष्ठ भैरहवामा छन । उनी त्यहाँको उद्योग बाणिज्य संघका दुई दुई पटक अध्यक्ष भए । माईला युवराज श्रेष्ठ काठमाण्डौमा छन । साईला मोहन श्रेष्ठ नेदरल्याण्डमा छन । कान्छा मनोज श्रेष्ठ शाईन रेसुङ्घा विकास बैक शान्तिपुर शाखा प्रमुख छन । टोपप्रसादका जेठा छोरा नवराज, माईला दुर्गप्रसाद , साईला दुर्घटनामा परि मृत्यु भएका नारायण श्रेष्ठ र कान्छा रेसुङ्घा नगरपालिका वडा सदस्य नविन श्रेष्ठ हुन ।

नेपाल पत्रकार महासंघ गुल्मीका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठका बाबु दिलप्रसाद श्रेष्ठ २०२३ साल तिर अर्घातोषबाट तम्घासमा ब्यापार ब्यवसाय गर्न आएको छोरा श्रेष्ठ बताउँ छन । दिलप्रसादले किराना र कपडा पसले राखेका थिए ।

उनले बिशेष गरी पेन्सन क्याम्पको ब्यापारलाई जोड दिन्थे । २०४७ पछि छोरा हरिकुमारले बाबुको किराना पसल हुँदै २०५२ देखि ०५५ साल सम्म श्रेष्ठ फोटो स्टुडियो सञ्चालन गरे । २०५६ देखि ०६० साल सम्म टेलिभिजन विक्री गर्न थाले । २०६३ देखि मोवाईल , टिभि हुँदै डिसहोमको डिलर भए । हाल उनी निर्माण ब्यवसायको क्षेत्रमा पनि हात हालेका छन । उनी निर्माण ब्यवसायी संघ गुल्मीका महासचिव समेत हुन ।
२०२२ साल तिर अर्घातोषबाटै तम्घास आएका अयोद्धाप्रसाद श्रेष्ठ , उनका माईला भाई गोमराज श्रेष्ठ र कान्छा भाई मृगेन्द्र श्रेष्ठ र २०१९ सालमा चारपालाबाट आएका नरप्रसाद श्रेष्ठ , धुर्कोटे साहु भनेर चिनिने अनुप श्रेष्ठका पिता लगायतले तम्घासको मुख्य सडकलाई नयाँ बजारमा परिणत गरे ।
मृगेन्द्र सपिङ्घ सेन्टरले जिल्ला बाहिर सम्म थोक विक्रेताका रुपमा कहलाउँदै आयो । अयोद्धाप्रसादले भने सुरुको काँचो कपडाको ब्यापार कम चल्न थाले पनि छाडेका छैनन । गोमराज श्रेष्ठको ब्यापारिपनि फस्टाउँदै जान थाल्यो ।

अर्घातोष मै पसले भनेर चिनिने जगतप्रसाद श्रेष्ठ , उनका माईला भाई बलप्रसाद श्रेष्ठ र कान्छा तिलकप्रसाद श्रेष्ठ २०३० साल तिर गुल्मी कै सिमिचौर हुँदै तम्घासमा कपडा पसल राख्न आए । मृत्यु भई सकेको जगतप्रसाद श्रेष्ठले तत्कालिन सिमिचौर गाउँ पञ्चायतको प्रधानपञ्च समेत रहेका थिए ।

केहि दिन अघि विभिन्न स्थानमा छरिएका अर्घातोषे नेवारहरु जन्मभुमी अर्घातोषमा जम्मा हुने मेसो मिलाएका थिए । त्यस्तो मेसो मिलाउने ब्यक्ति थिए अर्घातोषको घर भई लामो समय तम्घास मै ब्यापार ब्यवसाय गर्ने जगत प्रसाद श्रेष्ठ । उनले पश्चिम नेपाल कै ठुलो शक्ति पिठ मानिने छत्रदेवालयमा नेवारी बस्तु कलामा आधारित प्रबेशद्धार बनाउने परिकल्पना मृत्यु नहुनु अघि गरेका थिए । सोही अनुरुप प्रवेशद्धार निर्माण गरिएको बताउँदै थिए स्थानिय शिक्षक तथा प्रवेशद्धार निर्माण समितिका सचिव कैलाश श्रेष्ठ ।

निर्माण समितिका अध्यक्ष चन्द्रमान श्रेष्ठले आफुहरु प्रतिनिधी मात्र मात्रै भएको र प्रवेशद्धार बनाउने सहयोगदाता रहेको बताउँदै थिए । ५ सय बर्ष पुरानो छत्रदेवालयको ईतिहास महाभारत ईतिहास संग जोडिन्छ । २०१९ साल अघि सम्म धैरेनीका राजा चिरञ्जीवीहरुले मात्रै त्यहाँ पुजा गर्ने गर्दथे । त्यस पछि अर्घातोषका रायमाझीहरुले बिद्रोह गरे । त्यस यता राजाबाट पुजा गर्ने जिम्मा प्रजामा खोसिएको त्यस छत्रदेवालय पुजा ब्यबस्थापन समितिका अध्यक्ष भोजबहादुर रायमाझीले बताए ।

जसलाई महाभारत युद्धताका उल्का नगरी भनिन्थ्यो । गुल्मी र अर्घाखाँचीका मानिसहरुले हाल सम्म पनि उल्का छत्रमहाराजको मन्दिरका रुपमा ठुलो महिमा गर्ने गर्छन ।
सयौ नेवार समुदायले सक्दो सहयोग गरे । जसको उद्घाटन गर्न सर्लाही घर भएका पुर्व राज्य मन्त्री शम्भुलाल श्रेष्लाई निम्ताईएको थियो । उद्घाटन गर्दै पुर्व मन्त्री श्रेष्ठले अर्घातोषे नेवारहरुको एकताको तारिफ गरे । स्वर्गिय जगतप्रसादका भाई बलप्रसाद श्रेष्ठ परिवारले दाजुको सपना साकार पार्न १ लाख ९० हाजर रुपैयाँ त्यस प्रवेशद्धार निर्माणमा खचिए । उनीहरु सहित सहययोगदाता सबैलाई उद्घाटन समारोहमा सम्मान गरिएको थियो । सहयोगदाता सबैको शिलालेख बनाईएको छ ।

जहा नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले आफ्नो पुर्खेयौली घर र हाल ससुराली समेत अर्घातोषमा रहेको भन्दै गुल्मी र अर्घाघाँचीको सम्वन्ध भावनात्मक रहेको धारण राखे । छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले नेपाल वहु सांस्कृतिक र वहुभाषिक मुलुक रहेको बताउँदै छत्रदेवालयमा धार्मिक र पर्यटन विकासका लागि विभिन्न योजनाहरु अगाडी सारिएको जानकारी दिए ।

अर्घातोष कै नेवार समुदायकी महिला छत्रदेव गाउँपालिकाको पहिलो महिला उपप्रमुखको ईतिहास रचेकी छन तुल्सादेवि श्रेष्ठले । उनले त्यस समुदाय कै भाषमा मन्तब्य राख्दै भनिन नेवार समुदायको सबै जातजाती संग मिलेर , सहयोग आदन प्रदान गरेर बस्ने समुदाय हो ।
गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले एकिकृत बस्ती बिकास र आधुनिक सभ्यताको विकासमा अर्घातोषका नेवार समुदाय गाउँपालिकाका लागि समेत ऋणी बनेको विचार प्रकाट गरे ।
छत्रदेव गाउँपालिकाका ७ वटा वडा मध्ये ३ वटा वडामा नेवार समुदाय कै ब्यक्ति वडाध्यक्षमा विजयी भएका छन । वटा नम्वर ४ मा अशोक श्रेष्ठ , वडा नम्वर ५ मा बालकृष्ण श्रेष्ठ र वडा नम्वर ८ मा राजकुमार श्रेष्ठ वडाध्यक्षमा विजयी भएका थिए ।

यसबाट पनि नेवार समुदायले अन्य सबै समुदायको मन जित्न सफल छन भन्ने देखाउँ छन । तम्घास र अन्य विभिन्न स्थानमा रहेका नेवार समुदायहरुको पहिलो पुर्खेयौली घर पनौती , बनेपा र भक्तपुर भए पनि दोश्रो पुर्खेयौली घर अर्घातोष नै हो ।

सजाउँदै शहर बिर्सदै जन्मेघर
जसरी पहिलो पुर्खेयौली घरलाई सधैका लागि बिर्से त्यसरी नै दोश्रो पुर्खेयौली घरलाई भुल्ने हुनकी भन्ने चिन्ता स्थानियले गरेका छन । त्यस अघि उनीहरुका पिता पुर्खा अर्घातोष मै कपडा ब्यापारि थिए । बाग्लुङ्घ , प्युठान र गुल्मी सम्मको हाट बजार थियो अर्घातोष तर यति बेला ती पसलहरु बन्द छन । निकै ब्यवस्थीत ती घरहरु मध्ये धेरै जसोमा ताला मारिएको छ । कसैको घरमा एकादुई आफन्तजनले कुुरेर बसेका छन । नेवारी शैलीमा बनाईएका ति घरका झ्याल ढोका , दारपात नियाल्दा बाहिरी मानिसहरुको समेत मुटु चस्कीन्छ ।

नेवारी शैलीमा बनाईएका ती घरहरुमा कुनै समय कपडा र अन्य सर समान खरिद गर्न आउनेहरुको भिड लाग्दाथ्यो । अहिले सुनसानछ । एका दुई पसल चलाईएको छ । धेरै रित्ता घरहरुले परिवारजन गुहारिरहेको महशुस हुन्थ्यो । यता शहर बजार तम्घासमा भने ठुला ठुला पक्की घर बनाएर सजाएका छन अर्घातोषे नेवार समुदायले ।

छत्रदेव गाउँपालिका वडा नम्वर ५ छत्रगन्जका वडाध्यक्ष बालकृष्ण श्रेष्ठले गाउँपालिकाका विभिन्न वडामा गरि झण्डै तीन सय घरधुरी नेवार समुदाय वसोवास गर्ने गरेको र झण्डै ५० प्रतिशत विभिन्न स्थानमा पुगेर ब्यापार ब्यवसाय गर्ने गरेको बताए ।
लेखक- ईबागलुङका संपादक हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !