Sorry, that menu does not exist.
 

निसीखोला – ७ राजकुतमा नेपाली काँग्रेसको चुनावी सभा !
देशलाई खोक्रो पार्ने खेलमा कम्पुनिष्ट पार्टी सक्रियता पूर्वक लागेकाेले सचेत रहन सिटौलाको आग्रह

जनताको अधिकार स्थापित गर्नका निम्ती नेपाली काँग्रेसको विकल्प छैन – शेरचन

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर २ । नेपाली काँग्रेसको चुनावी प्रचार कार्यक्रम निसीखोला गाउँपालिका ७ राजकुतमा सम्पन्न भएको छ ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवं पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले देशलाई खोक्रो पार्ने खेलमा कम्पुनिष्ट पार्टी सक्रियता पूर्वक लागिपरेको बताउँदै सचेत रहन जनतालाई आग्रह गरे । नेपाली काँग्रेसले सँविधान निर्माण देखि जनताका निम्ती जुनखालका परिवर्तन ल्यायो त्यसलाई दुईतिहाईको सरकारले सखाप पार्दे गइरहेको आरोप लगाउदै नेता सिटौलाले जनताका माझमा सपना मात्र देखाउने तर व्यबहारमा नेकपाका नेता र मन्त्री मोटाउने बाहेक अन्य कुनै पनी जनताको हितबर्धक काम नभएको बताए । उनले लोकतन्त्र आएपनी वर्तमान सरकारले त्यसलाई कुल्चिएर जनताका माग आवश्यतालाई विर्सिएर सपना मात्र बाँद्दै हिँडेको बताए ।

वर्तमान सरकारले जनताका आवश्यकतालाई निक्र्योल नगरी आफनै धुनमा सत्ता जमाएका कारण यस्तै अवस्था रहिरहे देशले गती लिन नसक्ने ठोकुवा समेत गरे । शान्ति, समृद्धि र जनताको समस्या समाधान गर्ने पार्टी नेपाली काँग्रेसमात्र रहेको उल्लेख गर्दे जनताको विचमा भ्रमको खेती गर्ने कम्युनिस्ट सँग सचेत रहन आग्रह गर्दे लोकतान्त्रीक पार्टी नेपाली काँग्रेसका उमेद्वार जीत शेरचनलाई विजयी गराउन मतदातालाई आब्ह्वान गरे ।

चुनावी सभामा बोल्दै नेपाली काँग्रेसका उमेदवार जीत शेरचनले जनताको काम गर्न र जनताको अधिकार स्थापित गर्नका निम्ती नेपाली काँग्रेसको विकल्प नभएको बताए ।
यस क्षेत्रको समृद्धि, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता महत्वपुर्ण कुराको विकास र जनताको महत्वपूर्ण आवश्यकता पुरा गर्नका निम्ती आफनो उमेद्वारी रहेकोले आफुलाई रुख चिन्हमा मतदान गरी विजयी गराउन अपील गरे । आफुले जनताका समस्यालाई निक्र्यौल गरी केन्द्र, प्रदेशमा पुर्याई समस्या समाधान गर्नका निम्ती पुलको काम गर्न आफनो उमेद्वारी रहेको बताउँदै जनताको मतले आफुले कुनै शासन गर्न र पैसा कमाएर शान कमाउन नभई जनताकै सेवा गर्ने प्रतिबद्धता जनाए । आफु यहि क्षेत्रकै सामान्य परिवारको व्यक्ति रहेको चर्चा गदैँ आफुले यसक्षेत्रका जनताको समस्या विगतदेखि बुझिरहेको र त्यसको न्युनिरकणका निम्ती निरन्तर लागिरहने बताए । आफुले कसैलाई आक्षप लगाएर अगाडी नबढने बताउँदै सुन र चाँदी छनौट गरेर मात्र मँसिर १४ गते मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य शँकर भण्डारी, जिल्ला सभापती दिपेन्द्रबहादुर थापा, पुर्व पार्टी सभापती प्रकाश पौडेल, सँघिय साँसद ज्ञानकुमारी छन्त्याल,निसीखोला गाउँपािलका अध्यक्ष तारनाथ पौडेल, महाधिवेशन प्रतिनिधी टेकराज पौडेल , जिल्ला सदस्य गण्डकी थापा, नेपाल दलीत सँघ केन्द्रिय प्रतिनिधी दिलमाया पौवी , नेविंँघका केन्द्रिय सदस्य मञ्जित ताम्राकार लगाएतको आतिथ्यता एवम मन्तव्य रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

16 Comments