बुर्तिवाङमा मतादाता शिक्षा कार्यकर्ताका लागि एक दिने अभिमुखकरण सम्पन्न !

बुर्तिवाङ २०७६ मंसिर २ । जिल्ला निर्वाचन कार्यालय वागलुङको आयोजनामा आज वुर्तिवाङमा मतदाता शिक्षा कार्यकर्ताका लागि एक दिने अभिमुखिकरण सम्पन्न भएको छ । प्रदेश सभा सदस्य उपनिर्वाचन अन्तर्गत ढोरपाटन नगरपालिका¸ निसीखोला र तमानखोला गाउँपालिकाका २२ वटा वडाका ४३ वटा मतदान केन्द्रमा खटिने ४३ जना र स्थानीय तहको उपनिर्वाचन अन्तर्गत बडीगाड गाउँपालिकाको वडा नं २ का २ वटा मतदान केन्द्रमा खटिने २ जना गरी जम्मा ४५ जना मतदाता शिक्षा कार्यकर्ताका लागि अभिमुखिकरण सम्पन्न भएको हो ।

अभिमुखिकरण संगै उनीहरुलाइ नमुना मतपत्र¸ जानकारीमुलक पोष्टर तथा हातेपुस्तिका समेत वितरण गरिएको छ । मतदाताको घर घर र टोल टोलमा पुगी उनीहरुले ती सामाग्री मार्फत मतदान गर्ने तरिका¸ मत वदर हुने अवस्था¸ निर्वाचन प्रक्रिया तथा निर्वाचन आचारसंहितावारे मतदातालाइ जानकारी गराउने छन् । अभिमुखिकरण कार्यक्रममा निस्पक्षता¸स्वतन्त्रता र इमान्दारिताको सपथ समेत गराइएको थियो । नायव सुब्वा तेजराज गौतमको सञ्चालनमा सम्पन्न सो कार्यक्रमको अभिमुखिकरण जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले गरेका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !