गुल्मीका कार्यालय प्रमुखहरूको बैठक तम्घासमा सम्पन्न !

रामकृस्ण कंडेल, गुल्मी २०७६ मंसिर २ । गुल्मीका कार्यालय प्रमुख हरूको बैठक तम्घासमा सम्पन्न भएको छ। नियमित बैठकको रूपमा हरेक महिना जिल्ला प्रशासन कार्यलयमा यस प्रकारका बैठकहरू आयोजित हुदै आएका छन।

आजको बैठकमा शान्ति सुरक्षा, रूरुक्षेत्र गाँउपालिकाको उप निर्वाचन, सुशासन र सेवा प्रवाह, सार्वजनिक सम्पतीको संरक्षण, सरकारी सवारीको दुरुपयोग नियन्त्रण, सूचनाको हक, विकास निर्माण समयमै सम्पन्न गर्ने, आर्थिक अनुशासन कायम गर्ने,समन्वय र सहजीकरण लगायतका विषयमा छलफल गरी निर्णय गरिएको जिल्ला प्रशासन कार्यलय गुल्मीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !