बिप्लब समुहका फरार बागलुङ जिल्ला सदस्य नन्दराम थापा पक्राउ !

बागलुङ २०७६ मंसिर २ । बागलुङ जिल्ला अदालतबाट फरार सूचीमा रहेका र पक्राउ पूर्जी समेतको म्याद जारी गरिएका प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लबका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको छ ।

पक्राउ पर्नेमा काठेखोला गाउपालिका वडा नं ४ बस्ने बिप्लब समुह बागलुङका जिल्ला सदस्य नन्दराम थापा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रनाउ झबिन्द्र भट्टराईले जानकारी दिए ।

आगामी मंसिर १४ गने हुने उपनिर्वाचनमा हुन सक्ने अपराधिक गतिविधीहरुलाई लक्षित गरीे बिप्लब समुहका कार्यकर्ता लगायत अन्य असामाजिक कृयाकलापमा संलग्न रहनेहरुमाथी कडा निगरानी राखेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !