काठेखोला- १ पालाको च्याँनडाँडामा गोरु काटी मासु खाने चारजना पक्राउ !

बागलुङ २०७६ मंसिर २ । काठेखोला गाउपालिका १ पालाको च्याँनडाँडामा गोरु काटी खाने चार जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार च्याँनडाँडा बस्ने वर्ष ४७ को यामबहादुर सार्की, वर्ष १९ को रेशम सार्की, वर्ष २७ को आईते किसान र वर्ष १८को रवि किसानलाई नियन्त्रणमा लिएर निजहरुलाई पशु सम्वन्धी कसूर अन्तर्गत गाईगोररु मार्न वा कुट्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको छ ।

निज अभियुक्तहरुले गत कात्तिक २७ गते याम बहानुर सार्की समेतले गोरु काटी खाएको सुराक पाएपछी अनुसन्धानमा खटिएको प्रहरी टोलीले हिँजो मंसिर १ गते उल्लेखित स्थानमा गोरु काटेर भाग लगाई निजहरुले खाएको र गोरुको खुट्टा र छाला नजिकैको भीरमा फालेको, गोरु काट्न प्रयोग गरिएका बन्चरो र दाउ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !