नेपालको भूमि अतिक्रमण गरेको बिरोधमा जापान स्थित भारतीय दूतावासमा प्रदर्शन !

बेलुकाजी थापा, टोकियो २०७६ मंसिर २ । भारतले हालै जारी गरेको नयां नक्शामा नेपाली भूमी समेटिएको प्रति एनआरएन जापानले आपत्ति जनाउँदै जापानस्थित भारतीय दूतावास पुगेर विरोध प्रर्दशन गरेको छ । नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि एनआरएनए केन्द्रले बिरोध गर्दै बक्तव्य जारी गरेको थियो ।

ज्ञापनपत्र बुझाउने कार्यक्रम रहे पनि आन्तरिक नियम भन्दै, लिखित ज्ञापन पत्र भने दूतावसले बुझ्न मानेन । सो ज्ञापन पत्र हुलाक मार्फत भारतीय दूतावासको ठेगानामा पठाइएको कुरा एनआरएन जापानका अध्यक्ष देवीलाल भन्डारीले बताए ।

ब्यानर तथा नेपाली राष्ट्रिय झन्डासहित सहभागी भएका नेपालीहरूले दूतावास अगाडि भारतका विरुद्धमा नाराबाजी समेत गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !