देशको सीमा समाधान गर्न दृढता पूर्वक उभिन सरकारलाई काँग्रेस नेता सिटौलाको आग्रह !

कमल पौडेल, बागलुङ२०७६ मंसिर १ । नेपाली काग्रेसका नेता तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले देशको सिमाको सन्दर्भमा पहिलो पटक राष्ट्रिय एकता कायम भएकोले दृढता पुर्वक उभिन र समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । उपनिर्वाचनको सन्दर्भमा बागलुङको बडीगाड गाउँपालिका २, खर्वाङ आएका सिटौलाले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन्।

काँग्रेस नेता सिटौलाले निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकोले आचारसंहिता भित्र रहि सभ्य रुपमा प्रतिष्पर्धा गर्न र निर्वाचनमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व वन मन्त्री शंकर भण्डारीले निर्वाचन लोकतन्त्रको सुन्दर गहना भन्दै सिँगो पार्टी एक ढिक्का भएर चुनावमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा जिल्ला सभापति दिपेन्द्र बहादुर थापा, सांसद ज्ञान कुमारी छन्त्याल, प्रदेश सांसद मणिभद्र कँडेल, लगाएतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रम दगातुन्डाडाका पार्टी सभापति सुवेदार रत्न बहादुर क्षेत्रीको अध्यक्षता, बडीगाड संयोजक अर्जुन खरेलको स्वागत मन्तव्य तथा वडा नं. ७ भिमगिठेका अध्यक्ष कृष्ण गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !