स्व.समाजसेवी एवं शिक्षाप्रेमी खड्काको ४५ औँ दिनको पुण्य तिथीमा श्रदाञ्जली सभा सम्पन !

कोपीला कंडेल, बागलुङ २०७६ मंसिर १ । बागलुङ नगरपालिका ३ गुठी निवासी सामाजिक एवं शैक्षिक ब्यक्तित्व स्वर्गिय शक्तिबहादुर खड्काको ४५औं दिनको पूण्य तिथीमा श्रदाञ्जली सभा सम्पन्न गरिएको छ । सभामा स्वर्गिय खड्काको तस्वीरमा माल्र्यापण गर्दै उनंले सामाजिक क्षेत्रमा पुर्याएको योगदान बारे चर्चा गरिएको थियो । सो अवसरमा बोल्ने सहभागिले सामाजिक क्षेत्रमा पुर्याएको योगदान सदैव स्मरणयोग्य रहेको चर्चा गर्दै स्वर्गिय आत्माको चिर शान्तिको कामना गरेका थिए ।

सभामा बरिष्ठ अधिबक्ता पद्मनाथ शर्मा,समाजसेवी देव बहादुर श्रेष्ठ टिकाराम सापकोटा, देवबहादुर लालचन्द्र राजभण्डारी लगायतले श्रदाञ्जली मन्तब्य ब्यक्त गरेका थिए । पवार खड्का गुठीका उपाध्यक्ष लिला खड्काले स्व शक्तिबहादुर खड्काको जिवनीबारे प्रकाश पारेकी थिईन ।

कार्यक्रम रणस्मृती पुरस्कार संस्थाका अध्यक्ष काजि रोशनको अध्यक्षता, पुर्व कर्मचारी सेवा समितिका अध्यक्ष चिरन्जीवी श्रेष्ठको स्वागत मन्तव्य र कालिका भगवती गुठीका कोषाध्यक्ष निसान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !