सांसद पौडेलव्दारा न्वागी मेलाको उद्घाटन : सीमा विवाद कुटनीतिक पहलव्दारा समाधान गरिने छ !

अनिश शर्मा गैरे, बागलुङ २०७६ मँसिर १ । बागलुङ जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधी सभासदस्य देवेन्द्र पौडेलले अहिलेको सरकारले देशलाइ बिकास र समृद्धिको चरणमा प्रवेश गराएको बताएका छन् । बाग्लङ्गको बडीगाड गाँउपालिका ५ ग्वालीचौरमा आइतवारबाट सुरु भएको न्वागी मेलाको उद्घाटन गर्दै पौडेलले लामो समयसम्मको जनताको त्याग र तपस्याले ल्याएको लोकतन्त्रलाइ संस्थागत गरी देशलाइ बिकासको चरणमा लैजाने बताए ।

‘हामी अब बिकास र समृद्धिको चरणमा प्रवेश गरेका छौ’ उनले भने ‘लामो समयसम्म जनताले गरेको त्यागबाट आएको लोकतन्त्र लाइ संस्थागत गर्दै समृद्धि ल्याउँछौ’ ।
यस क्षेत्रको बिकासको बिषयमा कुरा गर्दै सासंद पौडेलले आफ्नो क्षेत्रका सडकको स्तरोन्नती, पर्यटन, कृषिको बिकासमा आफु तत्पर भएको बताए ।

मध्यपहाडी लोकमार्गको घोडाबाधे क्षेत्रको सडकको निर्माणमा भइरहेको ढिलाइको बिषयमा धेरै प्रश्न आएको प्रति चिन्ता व्यक्त गर्दे उनले ठेकेदारले काम नगर्ने समस्या समाधानका काम गरिने बताए । सबैको एउटै चाहना बिकास निर्माण भएको उल्लेख गर्दे उनले बागलुङबासीले आशा गरेको बिकासको चाहना पुरा गर्ने बताए ।

सरकारले प्रत्येक घरमा न्युनतम एक रोजगारी कार्यक्रम सञ्चालन गर्ने काम सुरु भएको भन्दै शिक्षा स्वास्थ्य क्षेत्रको बिकास क्रमिक रुपमा भइरहेको बताए । न्वागी मेलाको अवसरमा खेलकुदका कार्यक्रमहरु आयोजना गरेकोमा उनले आयोजकलाइ धन्यवाद पनि दिए । खेल क्षेत्रको बिकास र राष्ट्रलाइ विश्वसामु चिनाउने अभियानलाइ सहयोग गरेकोमा उनले धन्यवाद दिए ।

नेकपा स्थायी समितिका सदस्य समेत रहेको नेता पौडेलले हाल भइरहको सीमा विवादको समस्यालाइ केही शक्तिले अनावश्यक बिषय बनाएर उचालेको बताए । नकारात्मक टिप्पणीहरु सिर्जना गरी छिमेकी सँगको सम्बन्ध बिगार्ने काम भइरहेको भन्दै उनले यो समस्याको समाधान कुटनीतिक तवरले गर्ने बताए । ‘बार्ता सहमती र संवादद्धारा यो समस्या समाधान गरीन्छ’ उनले भने ‘सीवा विवाद सल्टाउने उपाय कुटनीतिक पहल हो’ ।

मेलाको अबसरमा बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु सम्पन्न हुने गरेका छन । यस बर्ष पनि बिभिन्न खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना हुने आयोजकले जनाएको छ । खुल्ला भलिबल प्रतियोगीता, गाँउपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता, लोकगित तथा नृत्य प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, खुल्ला रेकड डान्स, कुर्सी दौड, लुठो तान प्रतियोगीता, शैक्षिक प्रदर्शनी, कृर्षी ब्यवसायी द्धारा उत्पादित कृषीजन्य बस्तु प्रदर्शनी लगायतका कार्यक्रमले यस बर्ष पनि प्राथमिकता पाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !