देशलाई एकता वद्ध बनाउन खेलको महत्वपूर्ण भूमिका : सांसद पौडेल
दोश्रो अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगिता खार बजारमा सुरु, ७ प्रदेश सहित ८ टिमको सहभागिता !

कमल पौडेल बडीगाड २०७६ मंसिर १ । बडीगाड गाउँपालिकामा दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराँते प्रतियोगीता सुरु भएको छ । सातै प्रदेशका खेलाडीहरुको सहभागिता रहेको प्रतियोतगता भोलि सम्म चल्ने छ । बडीगाड गाउँपालिकाको आर्थिक सहयोग तथा बडीगाड डोजोको आयोजनामा सो प्रतियोगीता सुरु भएको हो । आज पहिलो दिन एकल तथा सामुहिक काँटा प्रदर्शन भएको छ ।

कार्यक्रमको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा संघिय साँसद देवेन्द्र पौडेलले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा सांसद पौडेलले देशलाई एकता वद्ध बनाउन खेलले महत्वपूर्ण भूमिका खेल्ने बताउदै खेल आयोजना गर्ने बडीगाड गाउँपालिकालाई धन्यवाद व्यक्त व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल कराँते महासघका केन्द्रिय कार्यवाहक अध्यक्ष दाबा गुरुङ, संस्थापक सदस्य राजिव थापा, कराँते संघका केन्द्रिय सदस्य गजेन्द्र खपांगि लगाएतको सहभागिता रहेको छ ।

कार्यक्रममा अन्तराष्ट्रिय कवड्डी प्रतियोगीताका विजेता वासु वस्याललाई सम्मान गरिएको थियो । आयोजक संगै ८ टिमको सहभागिता रहने राष्ट्रिय सितोरियो कराँते खेल बडीगाड गाउँपालिकाको खार वजारमा चलिरहेको छ । प्रतियोगिताको लागि देश भरवाट २१० सय वढी खेलाडी, १६ जना प्रशिक्षक, अन्तराष्ट्रिय १८ र राष्ट्रिय ४२ गरि जम्मा ६० जना रेफ्री (एम्पाएर) को सहभागिता रहेको कार्यक्रम संयोजक राजन पाइजाले जानकारी दिए ।

उद्घाटन पूर्व पञ्चैवाजा सहित खेलाडी, प्रशिक्षक सहितको सातै प्रदेशको टोली प्रभातफेरीमा सहभागी भएको थियो । कार्यक्रममा ३० लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको लागि बडीगाड गाउँपालिकाले २२ लाख ५० लाख विनियोजन गरेको छ ।

सो प्रतियोगीतामा प्रथम पुरस्कार ८० हजार ट्रफि, मेडल र प्रमाणपत्र, द्धितियको लागि ५० हजार ट्रफि, मेडल र प्रमाणपत्र तथा तृतिय हुनेको लागि ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र को व्यावस्था गरिएको छ। प्रत्येक सहभागि टिमलाई खान वस्नको व्यवस्था सहित १५ हजार प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ। गत वर्ष विभागिय टिम नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत सहभागिता रहेको थियो तर यस वर्ष विभागिय टोली तेह्रौ सागको छनौट प्रशिक्षणमा विदेशमा रहेकोले सहभागि हुन नसकेको बताइएको छ ।
तस्वीर सोजन्य:जीवन पाण्डे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !