पश्चिम बागलुङका जनताका समस्या समाधान गर्न योजनावद्ध काम गर्ने बाम उमेदवार शाहीको प्रतिवद्धता !

बुर्तिबाङ, २०७६ मंसिर १ । संयुक्त बाम गठबन्धनको वृहद चुनावी सभा, आज निसीखोला गाउँपालिकाको वडा नं. ७ राजकुतमा सम्पन्न भएको छ ।

कार्यक्रममा संबोधन गर्दै यंयुक्त बाम गठबन्धनका उमेदवार खीमविक्रम शाहीले, जनताको बलिदानीपूर्ण संघर्षबाट लडेर ल्याएको व्यवस्था र यसका सकरात्मक उपलब्धीको रक्षा गर्न उमेदवारी दिएको बताए । देशमा कम्युनिष्ट पार्टिको नेतृत्वमा आर्थिक समृद्धि र राजनैतिक स्थायित्वका लागि संयुक्त बाम पार्टिहरुको साझा उमेदवार भएको बताए । पश्चिम बागलुङका जनताका समस्या समाधान गर्न आफूले योजनावद्ध ढंगले काम गर्ने शाहीको प्रतिवद्धता रहेको थियो ।

यस क्षेत्रमा जनताको आधारभूत आवश्यकता आफूले राम्ररी बुझेमो भन्दै उमेदवार शाहीले, उपलब्धीको रक्षा र आवश्यकताको परिपूर्तिका लागि बाम गठबन्धनको अपरिहार्यता रहेको बताउँदै शाहीले, आफ्नो उमेदवारीलाई जनताले अनुमोदन गरिदिने बिश्वास ब्यक्त गरेका थिए ।

यसैबीच सभामा बोल्दै राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले निसी भुजी र तमानक्षेत्रको समग्र बिकास गर्न र यहाँका जनताको जीवनस्तर परिवर्तनका लागि प्रतिक्रियाबादी शक्तिहरूलाई परास्त गर्नुको विकल्पमा बाम गठबन्धनको उमेदवारी रहेको बताए । उहाँले देशका जनताका उपलब्धीको रक्षा गर्नको लागी नेपाल कम्युनिष्ट पार्टि नेकपा र राष्ट्रिय जनमोर्चाका साझा बाम उमेदवार खिमबिक्रम शाहीलाई गिलास चिन्हमा मतदान गरि विजयी बनाउन आग्रह गरेका थिए ।

कार्यक्रममा बिशिष्ट नेकपाका जिल्ला सदस्य तथा ढोरपाटन नगरपालिकाका प्रमुख देब कुमार नेपालीले देशको बिकास र समृद्धिका लागि यहाँका कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर चुनावी मैदानमा आएको बताए । बामपार्टीहरुमा जनताको लहर बढ्दै गएको र देशमा कम्युनिष्ट पार्टीकै राज्य व्यवस्थाले जनताका आधारतूत आवश्यकताको परिपूर्ति गर्न सक्ने भन्दै, सबै स्वाभिमानी जनताले बाम गठबन्धनका उमेदवार खिमबिक्रम शाही लाई मतदान गरी अत्याधिक बहुमतले बिजय गराउन अनुरोध गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ने क पा जिल्ला सदस्य सेरमान घर्ती मगर, ने क पा प्रदेश समिती सदस्य प्रेम घर्ती मगर, जिल्ला सदस्य लालबिर लोप्चन निसीखोला गाउँपालिका सदस्य चुडा बबहादुर राना लगायतका बक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी ने क पा जिल्ला नेता कृष्ण पाठक, जिल्ला सदस्य केशर छन्त्याल, निसीखोला गाँऊपालिका अध्यक्ष कुबिर बिश्वकर्मा, सचिब रुद्र पौडेल, ने क पा नेता झक बहादुर कुँवर स्वतन्त्र दलित सन्जाल निसीखोलाका अध्यक्ष रिम वहादुर बिश्वकर्मा, अखिल छैठौं बागलुङका अध्यक्ष इन्द्रमणी पाण्डे, अनेरास्ववियु का महेन्द्र चन्द्र, राष्ट्रिय जनमोर्चाका मिलन हमाल, रमेश शाही, कृष्ण शाही लगायतका अन्य नेता तथा कार्यकर्ताहरुको आतिथ्यता रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !