नेपाली खेलाडीलाई खतराको संकेत

सचिन्द्र श्रेष्ठ

नेपाली फुटबलको एकलौटी तानाशाही प्रवृति, म्याच फिक्सिङ काण्ड,अध्यक्षको भ्रष्टाचार काण्ड पर्दाफास सँगै फेरि एक पटक नाईट क्लबमा मोज मस्ती गरेको समाचार बाहिर आएको छ, जसले आम फुटबल प्रेमीलाई चासो र चिन्तनको बिषय बन्न पुगेको छ। मिडियामा आउने नकारात्मक टिप्पणीहरु र उनले भोलिको दिनमा गर्न सक्ने उपलब्धिहरुको बारेमा पनि चासो दिनु हाम्रो कर्तब्य हो।

हाम्रा नेपाली खेलाडी चाहे फुटबल ,भलीबल,क्रिकेट ,कराते जस्ता आदि खेलमा देश बिदेसबाट ट्रफी,मेडल र देशलाई बिश्व सामू चिनाउन सफल हुनु कम ठुलो कुरा होइन। तर हाम्रो सस्था, निकायले सानो सानो घटनालाई लिएर उनले गरेको काम प्रति तिरस्कार ,असंतुष्ट पैदा गराउनु उनिहरुको आत्मबल कम गराउनु हो । खेल खेल्नु कुनै नेताले भाषण गरेर उपस्थित सबैलाई आकर्षित पारे जस्तो सहज होइन । न गर्मी न जाड़ो समझेर मैदानमा उत्रनु कुनै आपसी देश देश बीचको द्वन्द्व भन्दा कम हुदैन।मैदानमा गए पछि कस्तो खालको जोश देश प्रतिको माया र बिपक्ष प्रतिको कस्तो खालको आक्रोश हुन्छ भन्ने त्यों खेलाडीलाई देखेर र महसूस गर्दा थाहा हुन्छ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर,मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कार्यबाहि गरेको छ जस मध्यका एक खेलाडी बिमल घर्ती मगर जसले सन् २०१६ मा बंगलादेशको ढाकामा भएको बंगलबंधु कप भित्राउने पनि त्यही खेलाडी हुन। २३ बर्ष पछि अन्तर्राष्ट्रिय पदक दिलाउन सफल खेलाडीलाई यसरी लज्जास्पद तरिकाले कार्यबाहि गर्नु न्याय सँगत नहोला।

जो गरीब राष्ट्रका गरीब खिलाडी जसले आधा पेट खाएर, दक्ष ज्ञान प्रबिधीको कमीलाई अन्यत्र नदेखाइ राष्ट्रका निम्ति खेल बिश्व सामू चिनाउन सधै लागी पर्ने खेलाडीको यो दुर्गति हुनुले आगामी नया आउने खेलाडीलाई समेत नराम्रो असर पर्ने देखिन्छ। राष्ट्रले खिलाडी प्रति कस्तो खालको खानपान सेवा सुबिधा प्रदान गरेको छ त्यसलाई बेवास्ता गरी हाम्रा खिलाडीले आफ्नो देशको लागी बिजयको खेल खेल्नु कुनै युद्ध जित्नु भन्दा कम पक्कै होइन। देशले खिलाडीलाई हौसला ,सुबिधा दिन नसके पनि उनिहरुको आत्मबल गिरने खालको प्रबृति नगरोस भन्ने हो। न त कुनै खेलाडी सँग कुनै घमण्ड छ न त कुनै खेलाडी सँग मनघ्य आर्थिक पार्जन नै तर आफ्नो देशको लागी जति लागी रहे पनि यो देशले गतिलो सम्मान र कुनै रोजगार ,औषधि उपचार जिबनयापनको ग्यारेन्टी दिन सकेको छैन।यसको जिम्मेवार को हो ? सरकार की अहिलेको राजनितिक माहोल ?तर देशका खेलाडीले जितेर आएमा त्यसको जस लिन नेता र कार्यकताको लाइन र भाषण जो आफैले जितेर आएको भन्दा बढी हुन्छ यसलाई के ठान्ने जो खेल मैदानमा खिलाडीले युद्ध जीते भन्दा बढी आफ्नो देशको नाम संसार भर चिनाउन सफल छ।

खेलाडीलाई अखिल नेपाल फुटबल संघ(एन्फा)ले तानासाही रुपले कार्यबाही गर्नु उचित होइन।जो खेलाडीले बगबंधु कप, साफ़ गेम, एएफसी सोलिडारिटी कप जस्ताको हकदर हाम्रा नेपाली खेलाडी हुन भनेर बिर्सन कदापि हुदैन। पूर्ब अध्यक्ष गणेश थापाले २३ बर्ष देखि हिटलर शैलीमा आफ्नो एकक्षत्र राज गर्दा उनलाई भ्रष्टाचार काण्डमा समेत पर्यो तर पनि ऊनिमा कमी आएन जब उनका छोरा गौरब थापा समेत करोडौ भ्रष्टाचार गरेको आरोप खेपे यस्ता घटनाका साक्षी ति खेलाडी नत मस्तक भएर टुलुटुलू हेर्नु सिवाय केहि भएन तर पनि राष्ट्रका निम्ति गोल्ड मेडल ल्याउन कहिले पछि परेनन। हुन त यो पनि बिर्सन मिलदेन की केहि खिलाडी २०७४ सालमा मैच फिक्सिंङ काण्डमा राष्ट्रीय फुटबल टिमका कप्तान सागर थापा सहित प्रशिक्षक अञ्जन के सी, बिकास सिंह क्षत्री,रितेश थापा र सन्दीप राईलाई हिरासतमा लिएको थियो। यस्ता खालका हरकत नभएको पनि होइन।

हामी यो बुझ्न छोडन हुन्न की हाम्रा खेलाडी देशका गौरब हुनुका साथ साथै गहना र आसाका किरण पनि हुन उनिहरुको आफ्नो स्वतन्त्रता हुन्छ किन की सेलिब्रिटी भए पछि हरेकको पीछा लाग्नु स्वभाबिक नै हुन्छ तर खेलाडी, कलाकार हुदैमा कही जान हुन्न, खान हुन्न भन्ने पक्कै नहोला उनिहरुको पनि आफ्नो स्वतन्त्रतालाई लगाम लगाएर जबरर्दस्त लाझन खोज्नु मुर्खता हो तर आम कलाकार खिलाडी जस्तो आम मानिसको चासो र चर्चाको पात्र भए पछि आफु कुन हद सम्म जानु आवस्यक होला त्यों ठान्नु जरुरी छ।

देश, समाज, राजनीती र सरकार प्रति बफादार रहेर देशको हितमा लागी पर्ने खेलाडी सजग र सहज तबरले बाहिरी रंगीन दुनियामा घुलमिल जायज छ तर आफ्नो नियम कानुन सीमामा बाधिनु पनि हाम्रा खिलाडीको आफ्नो धर्म हो। उनिहरुलाई केहि दिन नसके पनि आत्मसम्मान ,सहानुभूति र हौसला दिन कञ्जूसाई नगरौ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !