बुर्तिबाङमा नेपाल शिक्षक संघको दोश्रो स्थानीय प्रतिनिधी सभा सम्पन्न !

छविलाल पाण्डे, बागलुङ २०७६ मंसिर १ । शिक्षकको मर्यादित पेशा, विद्यार्थीलाई जीवन उपयोगी शिक्षा भन्ने मुल नाराका साथ नेपाल शिक्षक सँघको दोश्रो स्थानीय प्रतिनिधी सभा बुर्तिबाङमा सम्पन्न भएको छ । ढोरपाटन नगरपालिका निसीखोला र तमानखोला गाउँपालिकाको सँयुक्त सभा उत्तरगंगा माविमा सम्पन्न भएको हो ।

नेपाल शिक्षक संघ ढोरपाटन नगरपालिका संयोजक निमबहादुर जिसीको अध्यक्षता भएको प्रतिनिधिी सभामा नेपाली काँग्रेसका उमेदवार जीत शेरचनको प्रमुख आतिथ्यता रहेको थियो भने गण्डकी प्रदेश शिक्षक सँघका महासचिव सागर खरेल, शिक्षक सँघ बागलुङ कार्यसमिती अध्यक्ष उमाकान्त पौडेल, नेपाल शिक्षक सँघ गुल्मी जिल्ला कार्यसमिती सचिव खिमबहादुर थापा, गुल्मी जिल्ला शिक्षक महासँघ सहसचिव तेजेन्द्र खड्का, बागलुङ जिल्ला शिक्षक सँघ सचिव राजेन्द्र पौडेल, सचिव हेमराज गैरे, लगाएत तिवनटै पालिकाका नेपाल शिक्षक सँघमा आवद्ध शिक्षक संयोजक एवम् शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गुणस्तरीय शिक्षाका बिषय र शिक्षकका हकहित लगाएतका बिषयमा छलफल एवम् अन्तरक्रिया गरिएको थियो । कार्यक्रम नेपाल शिक्षक सँघ ढोरपाटन नगरपालिका सल्लाहकार हिरालाल पौडेलको सञ्चलनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !