पार्टी एकता भएपछि शिक्षकले छुट्टा/छु्ट्टै भेला गर्नु औचित्यहीन-सापकोटा
शिक्षा क्षेत्रमा भएको दलालीकरण, निजीकरण र माफियाकरणको अन्त्य जरुरी – अध्यक्ष अधिकारी

कोपिला कँडेल, बागलुङ २०७६ मंसिर १ । पूर्व माओबादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङको प्रथम जिल्ला परिषद शनिबार सम्पन्न भएको छ । परिषदको उद्घाटन गर्दैसंगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारीले शिक्षा क्षेत्रमा दलालीकरण र निजीकरण हावी भएको आरोप लगाए ।

उनले संबिधान अनुसारको शैक्षिक नीति र कार्यक्रम समुदायमा लागु भएको छैन, नेपालको शैैक्षिक आकाश अहिले पनि धमिलो भएको बताए । बैज्ञानिक र व्यवहारिक शिक्षाका लागि आफुहरुले ठुलो त्याग र योगदान गरेको चर्चा गर्दै अध्यक्ष अधिकारीले समाज रुपान्तरणका लागि शिक्षा क्षेत्रमा भएको निजिकरण र माफियाकरणको अन्त्य गर्नुपर्नेमा जोड दिए । शिक्षा क्षेत्रमा भएका यावत समस्या समाधान गर्नका लागि आफ्नो संगठनको बिकल्प नभएको अधिकारीले दाबी गरे ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद एबं नेकपा बागलुङ जिल्ला अध्यक्ष ईन्द्रलाल साप्कोटाले सामाजिक आर्थिक र शैक्षिक रुपान्तरणका लागि शिक्षकको भुमिका महत्वपुर्ण रहने बताए । शिक्षा क्षेत्रमा भएका विकृति विसंगति अन्त्य गर्नका लागि शिक्षकहरुको महत्वपुुर्ण भुमिका रहन्छ, साप्कोटाले भने आफु संलग्न शैक्षिक संस्थाको विकास र प्रगतिका लागि शिक्षक जिम्मेवार र जवाफदेही बन्नुपर्दछ । अधिकार र कर्तव्यलाई संगसंगै लैजानुपर्नेमा उनको जोड थियो ।

पार्टी एकता भएपछि शिक्षकहरुले छुट्टा छु्ट्टै भेला गर्नुको औचित्य नहुने भन्दै प्रदेश सांसद साप्कोटाले अव एउटै व्यानरमा कार्यक्रम हुनुपर्ने बताए ।

सो अवसरमा एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष झविन्द्र क्षेत्री, गण्डकी प्रदेश अध्यक्ष सोमनाथ ढुङ्गाना शिक्षा विकास समन्वय ईकाई वागलुङका प्रमुख कुश्मराज उपाध्याय नेपाल शिक्षक सघंका केन्द्रिय प्रतिनिधी हुमा रिजाल नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ्गका अध्यक्ष गोविन्द भण्डारी अखिल नेपाल शिक्षक संगठन बागलुङ्ग नगर अध्यक्ष सुर्य महत लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा एकिकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका सचिव बीर बहादुर चोखालले सांगठनिक एबं राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेत्र विक्रम चन्द्र विप्लव सम्बद्ध शिक्षक संगठनका जिल्ला उपाध्यक्ष हरेराम शर्मा एकिकृत अखिल नेपाल शिक्षक संगठनमा प्रवेश गरेका थिए । शर्मालाई संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी र प्रदेश सांसद ईन्द्रलाल साप्कोटाले स्वागत स्वागत गरेका थिए ।
कार्यक्रम संगठनका अध्यक्ष जित बहादुर थापाको अध्यक्षता महिला उपाध्यक्ष लोकमायां थापाको स्वागत मन्तव्य र सचिव वीर वहादुर चोखालकोे संचालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !